डाक्टर कुटपिट प्रकरण : हेटौंडा अस्पतालका ७८ स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा

अस्पतालको आकस्मिक बाहेकको सबै सेवा बन्द

डाक्टर कुटपिट प्रकरण : हेटौंडा अस्पतालका ७८ स्वास्थ्यकर्मीले दिए सामुहिक राजीनामा
सुन्नुहोस्

हेटौंडा : मकवानपुरमा रहेको सरकारी हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सकसहित स्वास्थकर्मीले सामुहिक राजीनामा दिएका छ्न्। गत बुधबार हेटौंडा उपमहानगरपलिका वडा नं १ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि अस्पताल भित्रै भएको कुटपिटको विरोधमा कारवाहीको मागसहित राजिनामा दिएका हुन्। 

यस्तै उक्त घटना लगत्तै दोषीलाई पक्राउ गर्नुपर्ने माग आएकोमा दोषीलाई कारबाही नभएको भन्दै स्वास्थ्यकर्मीहरुले आज (शुक्रबार) बाट हेटौंडा अस्पतालमा आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने भएका छन्। 

नेपाल चिकित्सक संघमा आवद्ध सबै संघसस्थाका प्रतिनिधिले मकवानपुरको प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्रचार गर्दै घटना भएको ४८ घण्टा बितिसक्दा पनि प्रहरीले दोषिलाई कारबाही नगरेको भन्दै आजबाट आकस्मिक बाहेकको सबै सेवा बन्द गर्ने निष्कर्षमा पुगेको जनाएको छ। अस्पतालमा दैनिक रुपमा १५ सय बिरामी स्वास्थ उपचारका लागी आउने गरेका छन्। 

गत महिना डेंगु संक्रमणको कारण मृत्यु भएका हेटौँडा उपमहानगरपालिका १२ नंम्बर वडाका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तहरुले गत बुधबार डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए। 

उक्त घटना प्रति बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी लक्ष्मी भण्डारीले भने, 'अहिलेसम्म डाक्टरमाथि कुटपिट गर्ने मृतककी श्रीमती रमा प्रधान,छोरा रोहित प्रधान,छोरी रमिता प्रधान र भतिज अनुप प्रधानलाई पक्राउ गरेका छौं।' डाक्टरमाथि आक्रमण गर्नेहरुको पक्राउ गरी अनुसन्धान भइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.