डाक्टरहरूको आन्दोलनका कारण कपिलवस्तुमा स्वास्थ्य सेवा प्रभावित

डाक्टरहरूको आन्दोलनका कारण कपिलवस्तुमा स्वास्थ्य सेवा प्रभावित
सुन्नुहोस्

कपिलवस्तु : डाक्टरहरूको आन्दोलनका कारण कपिलवस्तुमा स्वास्थ्य सेवा प्रभावित भएको छ। 

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द छ। जसका कारण अस्पतालमा पुगेका बिरामी मर्कामा परेका छन्। 

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टरहरू माथि भएको कुटपिटको घटनामा संलग्न उपर कारबाहीको माग गर्दै देशभर जस्तै कपिलवस्तु अस्पतालका डाक्टरहरू पनि आन्दोलनमा उत्रिएका हुन्। 

अस्पतालमा आउने बिरामीहरू स्वास्थ्य सेवा पाउन नसक्दा निराश भई घर फर्केका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.