झाडीमा भेटिएका शिशुलाई विराटनगरका डाक्टर दम्पतीलाई जिम्मा लगाइयो

झाडीमा भेटिएका शिशुलाई विराटनगरका डाक्टर दम्पतीलाई जिम्मा लगाइयो
सुन्नुहोस्

झापा : भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पतीलाई वैकल्पिक हेरचाहका लागि जिम्मा लगाएका छन्। 

भद्रपुर नगरपालिकामा मंगलबार बसेको बाल अधिकार समितिको बैठकले मोरङ जिल्ला विराटनगर महानगरपालिका–१३ बस्ने डा. सुनित अग्रवाल र उनका श्रीमती डा. अंकिता राठीलाई भेटिएका सो शिशुलाई वैकल्पिक हेरचाहका लागि दिने निर्णय गरेको हो। 

डा. सुनिल आर्मी हस्पिटल इटहरीका सर्जन र उनकी श्रीमती नोबेल हस्पिटल विराटनगरकी डेन्टलसहित प्रोफेसर हुन। २०६८ सालमा विवाह गरेका उनीहरूको सन्तान छैन।  

नगरपालिकाले गत भदौ २५ गते भेटिएका शिशुको वैकल्पिक हेरचाहका लागि इच्छुक व्यक्ति तथा संस्थाले सात दिनभित्र सूचीकृत हुन आउन भनी सूचना जारी गरेका थिए। त्यसमध्ये पाँच जना दम्पतीले सूचीकृत फारम भरेका थिए। 

पाँच जनामध्ये डाक्टर दम्पतीलाई बच्चा जिम्मा लगाइएको नगरपालिकाकी उपप्रमुख तथा बाल अधिकार समितिका संयोजक राधा कार्कीले बताइन्। वैकल्पिकको सूचीमा भद्रपुर नगरपालिका– १ की पर्शुराम लुइँटेल र ईश्वरादेवी विमली रहेका छन्। 

डाक्टर दम्पतीसँग वैकल्पिक हेरचाह सम्बन्धी कबुल नामामा हस्ताक्षर गराई प्रादेशिक अस्पताल भद्रपुरको पोषण पुनःस्थापना गृहमा रहेका बच्चालाई आजै जिम्मा लगाइसकेको उपप्रमुख कार्कीले बताइन्। ‘बच्चा उहाँहरूलाई जिम्मा लगाइसकेका छौँ,’ नगरप्रमुख गणेश पोखरेलले भने, ‘वैकल्पिक हेरचाहमा तलमाथि भयो भने बच्चालाई पुनः फिर्ता ल्याउने गरी नगरपालिकाले कागजात बनाएको छ। धर्मपुत्र बनाउनु पर्‍यो भने अदालती प्रक्रियामा जानुपर्ने हुन्छ,’ उनले भने। 

गत भदौ १२ गते मंगलबार साँझ पौने ८ बजे भद्रपुर नगरपालिका–७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा अन्दाजी १२ देखि १४ दिनको शिशु बेवारिसे अवस्थामा फेला परेको थियो। 

त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेका थिए। रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्ण रुपमा स्वास्थ्य रहेको शिशुको हकदाबीका लागि नगरपालिकाले भदौ १५ गते सात दिने र भदौ २२ गते तीन दिने सूचना निकालेका थिए। सो अवधिभित्र कोही पनि शिशु आफ्नो हो भनी हकदाबीका लागि नगरपालिका आएनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.