अरिङ्गालले टोकेर जाजरकोटमा महिलाको मृत्यु
![अरिङ्गालले टोकेर जाजरकोटमा महिलाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Aringal21-59297303872d88.46069946_mUL6RWGrkc_ic13YBqFNM.png)
जाजरकोट : जाजरकोटको कुशे गाउँपालिकामा अरिङगालले टोकेर एकजनाको ज्यान गएको छ । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ वर्षीया कालिका देवी सिंहको ज्यान गएको हो ।
बाख्रा चराउन गोठालो गएको बेला सय बढी कालो अरिङगालले टोकेर ज्यान गएको वडाध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिए ।
अरिङगालले टोकेर घाइते भएकी सिंहलाई उपचारका लागि बुधबार घरङगा स्वास्थ्य चौकीमा लिइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा दम्दालामा मृत्यस भएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)