राज्यले समग्र शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छ : पूर्वशिक्षाराज्यमन्त्री यादव

राज्यले समग्र शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छ : पूर्वशिक्षाराज्यमन्त्री यादव
तस्बिर : अन्नपूर्ण

महोत्तरी : समग्र शिक्षकहरूको ज्याज माग पुरा गर्नु सरकारको दायित्व रहेको पूर्वशिक्षा राज्यमन्त्री बोधमाया यादवले बताएकी छन् । आइतबार बिहान अन्नपुर्ण पोष्ट्सँगको कुराकानीको क्रममा पूर्वशिक्षा राज्यमन्त्री यादवले सामुदायिक विद्यालयका कार्यरत रहेको राहत,बालविकास लगायतका शिक्षकहरूका सामग्र माग सरकारले पुरा गर्नुपर्नेमा जोड दिएकी हुन्।

सरकारले ल्याएको विधयेकलाई संशोधन गरी प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर लागू हुनेमा यादवले स्पष्ट पारेकी हुन् । शिक्षामन्त्रीलाई यस विषयमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा उनले धारणा राखेकी हुन् । नेपालको समग्र शैक्षिक सुधारका लागि सरकारले ल्याउन लागेको शिक्षा विधयेक सबैको हितमा रहेको धारणा राख्दै अगाडि भनिन्,‘हुन त यसभन्दा अगाडिको शिक्षामन्त्री गिरीराजमणि पोखरेलको समयमा पनि शिक्षा विधयेक ल्याउन लागेको थियो तर केही प्राविधिक कारण तत्कालिन समयमा सो सम्भव हुन सकेका थिएन् ।’

नेपालको शैक्षिक अवस्था सुधार गर्ने क्रममा सबैको साथ र सहयोगको आवश्यकता रहेकोमा उनले जोड दिइन्। नेपालको शिक्षा नीति परिवर्तनका लागि सबैको भूमिका आवश्यक रहेकोमा उनले जोड दिइन्।

यता राहत शिक्षकहरू आज दोस्रो दिन काठमाडौं केन्द्रित आन्दोलन जारी राखेको छ । आन्दोलनको क्रममा विद्यालय बन्द गर्दा पठनपाठनमा प्रत्यक्ष रुपमा असर गरिएको छ । जसको भर्पाइ अगामी दिनमा हुनेमा राहत शिक्षक मधेश प्रदेशका अध्यक्ष गंगा यादवले बताएका छन् ।

 विद्यार्थीको पठनपाठनलाई असर हुन नदिने किसिमले पहलकदमी गरिने अध्यक्ष यादवको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.