भ्रष्टाचारविरुद्धको अभियान र शून्य सहनशिलता अपनाउन विधेयक महत्वपूर्ण : कानुनमन्त्री

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि राज्यव्यवस्था समितिमा छलफल छलफल सुरू भएको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा उक्त विधेयकमाथि दफावार छलफल भएको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिमा दफावार छलफल भएपछि विधेयक समृद्ध बन्ने धारणा राखे । सबै भ्रष्टाचारलाई नियन्त्रण गर्दै सुशासन कायम गर्न सबै एकमत रहेको उनको भनाइ छ । उनले भ्रष्टाचारविरुद्धको अभियान र शून्य सहनशिलता अपनाउन विधेयक महत्वपूर्ण हुने जिकिर गरे।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०७६ सालमा पेश ८० सालमा समेत पारित हुन नसकेको अवस्थामा अब गम्भीर भएर छलफल गरि टुङ्गोमा पुराउनुपर्ने बताए । नेपालबाट भ्रष्टाचार उन्मूलन गर्नका लागि अब बन्ने कानून महत्वपूर्ण हुने उनको भनाइ छ ।
राष्ट्रियसभाले उक्त विधेयकमा १२ वटा बुँदामा संशोधन गरेको थियो भने प्रतिनिधिसभामा भने २७ वटा संशोधन परेको छ ।
प्रतिक्रिया दिनुहोस !
