धनगढीका २०९ जना जेष्ठ नागरिक स्वास्थ्यकर्मीसहित तिर्थयात्रामा (फोटो फिचर)

धनगढीका २०९ जना जेष्ठ नागरिक स्वास्थ्यकर्मीसहित तिर्थयात्रामा (फोटो फिचर)
तस्बिर : शिवराज भट्ट

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ज्योति विष्टको मुहारमा खुसीयाली थियो । जीवनको उत्तरार्द्धमा मुस्ताङको मुक्तिनाथ धाम जाने तयारीमा उनी थिए । धनगढीबाट मुक्तिनाथका लागि आतेजाते भण्डै ३० हजार जती खर्च लाग्छ । ‘खाना बस्न, यातायात सबै निशुल्क छ,अझ लौरो पनि दिएको छ । जीवनको उत्तरार्द्धमा भगवान विष्णुको दर्शन गर्न पाउने भएँ, खसी छु,'विष्टले भने ।

धनगढी उपमहानगरपालिका -१८ फुलबारी (डिपोबजार) का यज्ञप्रसाद आचार्य बसको सीटमा बसिसकेका थिए । ‘स्थानीय सरकार हाम्रो पनि रहेछ भन्ने भान भयो । उपमहानगरको सिंगो टीम र विषेशगरी मेयर गोपाल हमाललाई धन्यवाद दिन चाहन्छु, जेष्ठ नागरिकको सम्मान गरेकोमा, 'विष्टले भने ।

null

धनगढी उपमहानगरपालिका वडा नम्बर १ की कृष्ण देवी उपाध्याय छोरासँगै धनगढी उपमहानगरपालिकको परिसरमा पुगेकी थिइन् । ‘स्थानीय सरकारले छोराहरूले गर्न नसकेको काम गर्‍यो,मेयरसहित सबैलाई हाम्रो आशिस लागोस् । यस उमेरमा मुक्तनाथ गएर मुक्ति पाउने भए,'उपाध्यायले भनिन् । 

धनगढी उपमहानगरपालिकाले २०९ जना जेष्ठ नागरिकलाई मुक्तिनाथको दर्शनका लागि आइतबार मुस्ताङ पठाएको छ । जीवनभरी घरधन्दामै सिमित रहेका,आर्थिक अवस्थाका कारण धार्मिक यात्रा गर्न नपाएका जेष्ठ नागरिकलाई उपमहानगरले मुक्तिनाथ दर्शनका लागि पठाएको हो ।

गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ दर्शनका लागि धनगढी उपमहानगरले २०९ जना जेष्ठ नागरिकको आइतबार धनगढीबाट विदाइ गरेको छ । खाना, बस्न र यातायातको सुविधासहित २०९ जना जेष्ठ नागरिकहरु आइतबार २ बजे, धनगढीबाट मुक्तिनाथका लागि प्रस्थान गरेका छन् ।

null

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ की धनमाया बास्कोटा भन्छिन्,‘उपमहानगर पालिका हाम्रो छोरो जस्तै भयो । बा-आमालाई छोराहरूले तीर्थ गराउने हो तर नगरपालिकाले छोराजस्तै तीर्थ गराइ दियो, सबैलाई हाम्रो आशिस लागोस्,'७१ वर्षीया धनमायाले भनिन् । 

हिन्दुले मुक्तिनाथमा गएर विशेष रुपमा विष्णु भगवान‍्को पुजा गर्ने गर्छन् । हिन्दु धर्मअनुसार मुक्ति प्राप्तिको लागि ब्रह्मणले योगरुप यज्ञ गरेको र त्यसबाट सृष्टि गर्ने शक्ति पाएको भन्ने मान्यता रहेको छ । मुक्ति नाथमा रहेका १२२ धारामा नुहाए पाप नास् हुने धार्मिक मान्यता छ ।

धनगढी उपमहानगर–५  तारानगरका तुल्सीधर जोशी भन्छन्,‘मर्ने बेला मुक्ति पाइने भयो, तीर्थ गरेर भगवान विष्णुको दर्शन हुने भयो । उपमहानगरलाई धन्यवाद ।’ जेष्ठ नागरिहरू एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन् ।

null

उपमहानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गरेको छ । उपमहानगरल गतवर्ष पनि १ सय २२ सय जना जेष्ठ नागरिहहरू मुक्तिनाथको दर्शनका लागि पठाएको थियो ।
 
नगरबासीमा ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ भन्ने भावनाको विकास गर्न र जेष्ठ नागरिकहरुलाई पनि स्थानीय सरकारको अनुभूति दिलायनका लागि उनीहरूलाई तीर्थयात्रामा पठाइएको नगर प्रमुख गोपाल हमालले बताए ।

null

‘भौतिक पूर्वाधारको निर्माण क्रमश हुने कुरा नै हो, तर नगरका जेष्ठ नागरिकलाई सम्मान दिन,स्थानीय सरकार पनि छ है भन्ने अनुभूति दिलाउन र युवा पुस्तालाई जेष्ठ नागरिकलाई जीवनको उत्तरार्द्धधमा तीर्थब्रत गराइए दिनुपर्छ भन्ने संस्कारको विकास गर्न यस्तो गरिएको हो,' मेयर हमालले भने । 

जेष्ठ नागरिकहरुका लागि वातानुकुलित बस, ५ वटा बसमा एक/एक जना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ। उपमहानगरले तीर्थयात्रामा गएका नागरिकलाई मुक्तिनाथसहित कागवेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्यधामको भ्रमण गराउने महानगरपालिकाले जनाएको छ।

nullnullnullnull

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.