२ करोड डलर अनुदान स्वीकृत

२ करोड डलर अनुदान स्वीकृत
फाइल तस्बिर।

काठमाडौं : विश्व बैंकले नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनालाई सहयोग गर्न दुई करोड डलर अनुदान स्वीकृत गरेको छ। विश्व बैंकको अमेरिकास्थित वासिङ्टनडिसी प्रधान कार्यालयले शुक्रबार उक्त अनुदान स्वीकृत गरेको हो। उक्त स्वीकृत डलर रकम हालको विदेशी विनिमय दरअनुसार नेपालीमा करिब २ अर्ब ६५ करोड २६ लाख रुपैयाँ हाराहारी देखिन्छ।

विश्व बैंकका अनुसार उक्त अनुदान नेपालका १६ गाउँपालिकाका ५५ हजारभन्दा बढी साना किसानलाई कृषि उत्पादकत्व, पोषण अभ्यास र जलवायु–स्मार्ट कृषि अभ्यास गर्नमा लक्षित हुनेछ। 

यसैक्रममा माल्दिभ्स, नेपाल र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोस भन्छन्, ‘दिगो विकास लक्ष्यहरू र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिबद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हासिल गर्नु र गरिबी न्यूनीकरण नेपाल सरकारको राष्ट्रिय लक्ष्य हो,’ यसले उत्पादकत्व र जीविकोपार्जन र सीमान्तकृत समुदायको पोषण सुरक्षा सुधार गर्न नेपाल सरकारको प्रयासलाई सहयोग गर्ने उनको भनाइ छ।

यो परियोजनाले जलवायु, पोषण सुरक्षा सुधार, स्मार्ट कृषि प्रविधि अनुकूलन, आय उत्पादनलगायतलाई समेट्ने बताइएको छ। यसले सन् २०२४ जुनमा सकिने खाद्य र पोषण सुरक्षा संवद्र्धन परियोजनाको सफलतालाई समेत सघाउने अपेक्षा गरिएको छ। 

विश्व बैंकको प्रोजेक्ट टास्क टिम लिडर करिश्मा वस्तीका अनुसार ग्लोबल एग्रिकल्चर फुड सेक्युरिटी प्रोग्राम ट्रस्ट कोषको अनुदानबाट वित्त पोषित यो अपरेसन नेपालको हरित, लचिलो र समावेशी विकास एजेन्डासँग सम्बद्ध छ। ‘यसले खाद्य असुरक्षित र प्रकोप प्रभावित क्षेत्रमा सीमान्तकृत समुदायको लचिलोपन निर्माण गर्न मद्दत गर्नेछ,’ उनले थपिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.