राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने

काठमाडौं : राष्ट्रियसभा बैठक असोज १८ गते बस्ने भएको छ। यसअघि असोज १२ गते बस्ने भनिएको बैठक १८ गते बिहीबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो।
राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सारिएको संसद सचिवालयले जनाएको छ।
संसद सचिवालयले जारी गरेको सूचनामा भनिएको छ,'मिति २०८० साल असोज १२ गते शुक्रबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद,राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल असोज १८ गते बिहीबार अपराह्न १:०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।'
प्रतिक्रिया दिनुहोस !
