बैतडीका सशस्त्र प्रहरी हवल्दार महराको गाडीको ठक्करबाट मृत्यु

बैतडीका सशस्त्र प्रहरी हवल्दार महराको गाडीको ठक्करबाट मृत्यु
सुन्नुहोस्

बैतडी : बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ। बैतडीको पाटन नगरपालिका- ८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत सशस्त्र  प्रहरीका हवल्दार नरेन्द्र सिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको हो। 

मंगलबार राति दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका- ८ को हरिचन मोड नजिकै गाडीको ठक्करबाट ४० वर्षीय महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। घर नजिकैको बजार खोडपेबाट पैदल यात्रागरी घरतर्फ गइरहेका महरलाई गाडीले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्युभएको उनले बताए। कुन गाडीले ठक्कर दिएको हो भन्नेबारे खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

आफन्तले भने दोषी पत्ता नलागेसम्म शव नउठाउने बताएका छन्। मृतकका आफन्तले अहिले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन्। अहिले राजमार्ग अवरुद्ध बनेको प्रहरीले बताएको छ। मृतक महराको श्रीमती, एक छोरा र एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.