विश्व पर्यटन दिवस : वीरगन्ज नाकामा पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवस : वीरगन्ज नाकामा पर्यटकलाई स्वागत
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : ४४ औं विश्व पर्यटन दिवसका अवसरमा वीरगन्ज नाकामा नेपाल घुम्न आएका भारतीय पर्यटकलाई स्वागत र सत्कार गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज र पर्यटन प्रहरी कार्यालयले भारतबाट नेपाल घुम्न आएका चारजना भारतीय पर्यटकलाई वीरगन्ज नाकास्थित शंकराचार्य प्रवेशद्वारमा बुधबार फुलमाला ,खादा र टीका लगाएर स्वागत गरेका हुन् । त्यसअवसरमा उनीहरूलाई शुभसाइतका रुपमा दही पनि खुवाइएको थियो ।

नेपाल प्रवेश गर्ने क्रममा नाकामै स्वागतसहितको सत्कार पाएका भारतीय पर्यटकले नेपालको तर्फबाट पाएको स्वागत र सत्कार अत्यन्तै सम्झन लायक रहने प्रतिक्रिया दिए। भारतीय पर्यटक आर के सिंहले आफूले पाएको यो सम्मान र आतिथ्यताको  बखान आफ्नो देशमा गएर आफ्ना साथीभाइलाई सुनाउने र उनीहरूलाई पनि नेपाल घुम्न आउन हौसला दिने बताए ।

अर्का भारतीय पर्यटक  दिगम्म्बर कुमारले आफू पहिले पनि नेपाल घुम्न आएको र नेपाल अत्यन्तै  राम्रो लागेकाले फेरि घुम्न आएको बताए । उनले भने,' तर, यसपटकको नेपाल घुमाइ अझ विशिष्ट हुनेछ । किनकि  नेपालको प्रवेद्वारमै  यति मिठो  स्वागत र सत्कार जो पायौं ।'

उनीहरूले  वीरगन्जहुँदै काठमाडौंको पशुपतिनाथको दर्शन गर्न हिँडेको बताए । नाकामा भारतीय पर्यटकलाई  स्वागत गर्ने क्रममा होटल  तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले वीरगन्जका कुनै पनि होटलमा नि:शुल्क बास बस्ने व्यवस्था मिलाउने बताए । 

अध्यक्ष पन्तले वीरगन्जलगायत भारतीय सीमा नजिकका होटल  तथा  पर्यटन व्यवसायका ५० देखि ६० प्रतिशतसम्म पाहुना भारतीय हुने भएको बताए।

बुधबार बिहान नाकामा पर्यटकलाई स्वागत गर्न होटल तथा पर्यटन व्यवसायी संघका केन्द्रीय सदस्यहरू रचेन्द्र सिंह थापा, माधव बस्नेत, कुबेर कार्की,दिलिपराज कार्की ,मिलन श्रेष्ठ ,सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह,पर्यटक  प्रहरीहरू पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.