स्वास्थ्य संस्था सञ्चालन गर्न मन्त्रालयको आग्रह

स्वास्थ्य संस्था र चिकित्सकमाथि आक्रमण गर्नेलाई कस्तो सजाय हुन्छ ?

स्वास्थ्य संस्था र चिकित्सकमाथि आक्रमण गर्नेलाई कस्तो सजाय हुन्छ ?
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही हुने बताएको छ। विभिन्न जिल्लामा चिकित्सकमाथि भएका आक्रमणका घटनाप्रति विरोध जनाउँदै देशभरका चिकित्सक आन्दोलित बनेपछि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही गर्न सरकार प्रतिवद्ध रहेको भन्दै निर्धक्क भएर स्वास्थ्य संस्था सञ्चालन गर्न आग्रह गरेको हो।

मन्त्रालयले नागरिकको आधारभूत स्वास्थ्योपचार सेवा प्राप्त गर्नु नैसर्गिक अधिकार भएकाले स्वास्थ्य संस्थाहरू अविछिन्न रुपमा सञ्चालन गर्न अनुरोध गरेको छ।

केही दिनअघि हेटौडा, सुनसरी र कास्कीमा बिरामीको उपचार खटिएका चिकित्सकमाथि दुर्व्यवहार भएको थियो।  हेटौडाको संचो अस्पतालका चिकित्सक विकास थापा र प्रशान्त बिडारी र कास्कीको मणिपाल अस्पतालका चिकित्सक अनिल शाहमाथि  आक्रमण भएको थियो।

सो घटनालाई लिएर चिकित्सक र स्वास्थ्यकर्मीहरू सुरक्षाको माग गर्दै आन्दोलन जारी राखेका छन्। आज पनि काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका छन्। सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्कने उनीहरुको अडान छ। स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखरालगायत विभिन्न जिल्लाका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

के छ कानुनी व्यवस्था ?

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन,२०६६ (पहिलो संशोधन २०७९) बमोजिम  स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यारत कर्मचारीहरूलाई कुटपिट गरेमा ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

स्वास्थ्यकर्मी वा संस्थामा कार्यरत कर्मचारीलाई शारीरिक रुपमा चोट पुर्‍याए,स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानीनोक्सानी गरेमा ,स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरेमा  ३ वर्षसम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

स्वास्थ्य संस्थामा आगजनी गरे २ वर्षदेखि ५ वर्षसम्म कैद वा २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षता सम्बन्धी ऐनमा व्यवस्था छ।

यसैगरी स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीहरूको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याए वा स्वास्थ्यकर्मी वा स्वास्थ्य  संस्थामा कार्यरत कर्मचारीहरूलाई हातपात गरेमा १ वर्षसम्म कैद वा १ एक रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.