मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ

मलेसिया पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया पठाइ दिनेभन्दै रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका- १ स्थायी घर भइ हाल काठमाडौंको बासबारीमा बस्ने ३८ वर्षीय हरीबहादुर मगर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उपरीक्षक रेग्मीका अनुसार मगरलाई मंगलबार बसुन्धाराबाट पक्राउ गरिएको  हो। सृजना राईलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइ दिने बहानामा आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेको उनीमाथि आरोप छ।

पक्राउ परेका मगरलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.