लागुऔषध मुद्दाकी फरार प्रतिवादी ८ वर्षपछि पक्राउ
बागलुङ : लागुऔषध कसुर मुद्दाकी एक फरार महिला प्रतिवादी ८ वर्षपछि पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय बागलुङले फरार निसीखोला गाउँपालिका–६ बस्ने वर्ष ५३ र्की रिता घर्ती मगरलाई बुधबार प्रक्राउ गरिएको जनाएको छ।
मगरलाई बागलुङ जिल्ला अदालतले २०७२ साल असार १७ गते लागु औषध कसुर मुद्दामा १ वर्ष २२ दिन कैद र ११ हजार पाँच सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
प्रहरी चौकी निसीबाट खटिएको प्रहरीको टोलीले मगरलाई निसीखोलाको चुसिबाङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए। पक्राउ परेकी मगरलाई लगत कट्टाको लागि मंगलबार बागलुङ जिल्ला अदालतमा पठाइएको प्रनाउ केसीले जानकारी दिए।