गुल्मीमा दुर्घटना घट्यो, जरिवनाबाट आउने राजश्व बढ्यो

गुल्मीमा दुर्घटना घट्यो, जरिवनाबाट आउने राजश्व बढ्यो
सुन्नुहोस्

गुल्मी : पछिल्लो पाँच वर्षमा गुल्मीमा दुर्घटना घटेको छ भने राजश्व बढेको छ। दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी गुल्मीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दे आइरहेको छ। पाँच वर्षको तुलनामा गुल्मीमा अघिल्लो आर्थिक वर्षमा मानवीय क्षति र सवारी दुर्घटनामा कमी आएको हो। 

 
आर्थिक वर्ष २०७५/०७६ मा २९ सवारी साधनल दुर्घटना हुँदा ११ महिला ४ पुरुष गरेर १९ जना यात्रुले ज्यान गुमाएका थिए। त्यसै वर्ष ६ हजार ३ सय ८९ सवारी कारबाहीबाट ३९ लाख ७ हजार राजश्व संकलन भएको थियो। गुल्मीमा आर्थिक वर्ष २०७६/०७७ सालमा ५ हजार ८७ सवारी साधन कारबाहीमा परेका थिए। त्यो आर्थिक वर्षमा १५ जनाको दुर्घटनामा मृत्यु भएको थियो भने ३१ लाख ८९ हजार राजश्व संकलन भएको ट्राफिक कार्यालयको तथ्यांकमा उल्लेख छ। 

आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार ९ सय ३९ सवारी साधन कारबाहीबाट ५१ लाख २३ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए। सोही बर्ष सवारी दुर्घटनामा १६ परेका थिए जसमा २२ जनाले ज्यान गुमाउनु परेको थियो। 

आर्थिक वर्ष २०७८/०७९ मा २७ सवारी साधन दुर्घटना हुदाँ १७ जनाले ज्यान गुमाएका थिए। आर्थिक वर्ष २०७८/०७९ मा ९ हजार ६ सय ६४ सवारी कारबाहीबाट ५७ लाख ५७ अजार ५ सय राजश्व संकलन भएको थियो। त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा ६ वटा सवारी साधन दुर्घटना हुदाँ १० जनाले ज्यान गुमाएका थिए। जसमा १० हजार ९७ सवारी साधन कारबाहीबाट ६३ लाख १४ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

विगतका बर्षदेखि जिल्लामा मानवीय क्षति र सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय गुल्मी लागि परिरहेको छ। नेपालीका महान पर्व नजिकिएसँगै दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीले चालक र यात्रुबीच जनचेतनामूलक कार्यक्रमलाई तिव्र पारेको छ। ट्राफिक प्रहरी जिल्लाका विभिन्न स्थानमा पुगेर विद्यालयका विद्यार्थीहरू, यातायात व्यवसायी, चालक, सहचालक, पैदल यात्रु तथा अन्य सर्वसाधारण जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। 

सडक दुर्घटना न्युनीकरण गर्न सवारी चालक स्वास्थ्य परीक्षण ,सवारीको यान्त्रिक अवस्था चेकजाँच,चालक यात्रु जनचेतनामूलक कार्यक्रमलाई चाडपर्वको अवसरमा विशेष जोड दिइरहेको छ। दशैं, तिहार छटलगायतका पर्वको अवसरमा विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरेर चेकजाँच गरिरहेको ट्राफिक प्रहरी कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए। 
 
मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जीप कारले क्षमता भन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनीलाई कारबाही गरेको छ। चालु आर्थिक बर्षको २ महिनामा ४२ ठाउँमा २ हजार ३ सय ३६ जना यात्रु र चालकबीच सचेतना कार्यक्रम गरिएको छ। गत श्रावणमा १  हजार ४ सय ५० सवारी कारबाहीबाट ९ लाख ३५ सय राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय प्रमुख आचार्यले जानकारी दिए।  

चाडपर्वको समयमा दुर्घटना न्युनीकरण गर्न ग्रामिण क्षेत्रका सडक मर्मत गर्न स्थानीय तह र सडक पूर्वाधारको कार्यालयलाई निर्देशन दिएका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए। सडक मर्मत तथा चेकजाँचमा कडाई गरे नगरेको प्रहरी र प्रशासनले निगरानी गरिरहने प्रमुख जिल्ला अधिकारी केसीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.