डाक्टर आन्दोलित : वीरगन्जका अस्पतालमा ओपिडी सेवा बन्द

डाक्टर आन्दोलित : वीरगन्जका अस्पतालमा ओपिडी सेवा बन्द
बिहीबार वीरगन्जमा चिकित्सकले गरेको प्रदर्शन ।
सुन्नुहोस्

वीरगन्ज : चिकित्सकमाथि भइरहेका आक्रमणको विरोधमा वीरगन्जका अस्पताल र क्लिनिकमा शुक्रबार बहिरंग (ओपिडी)सेवा बन्द गरिएको छ।

नेपाल चिकित्सक संघ नारायणी शाखाको आह्वानमा वीरगन्जका चिकित्सकहरुले शुक्रबार सरकारी तथा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक र मेडिकल कलेजमा ओपिडी सेवा बन्द गरेका हुन्।

चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ता र सचिव डाक्टर नौसाद हकले संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्य संस्थाहरुमा  श्रृंखलाबद्ध रुपमा बढिरहेको घटनाको घोर भर्त्सना गर्दै शुक्रबार ओपीडी सेवा बन्द गरिएको जनाएको हुन्।

चिकित्सकमाथि कुटपिट र अस्पतालहरुमा गरिएको तोडफोडका घटनाहरुमा प्रहरी प्रशासन मुकदर्शक बनेको तथा सरकार र चिकित्सक संघबीच पटक पटक भएको वार्ता र सहमतिको बावजुद पनि चिकित्सक र स्वास्थ्यकर्मी लगायत स्वास्थ्य संस्थालाई सुरक्षा गर्न नेपाल सरकारका सुरक्षा निकायहरुले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको संघले जनाएको छ।

सरकारले नागरिकको जीवन रक्षाका लागि अहोरात्र खटिने चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रदान गर्न नसकेको विरोधमा वीरगन्जमा शुक्रबार  ओपीडी  सेवा बन्द गरिएको संघले जनाएको हो। 

यसअघि बिहीबार र बुधबार वीरगन्जका चिकित्सकले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग्दै  विरोध जुलुश निकालेर प्रदर्शन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.