दोलखाबाट चार किलो सुनजस्तो पहेलो धातु बरामद,पाँचजना पक्राउ

दोलखाबाट चार किलो सुनजस्तो पहेलो धातु बरामद,पाँचजना पक्राउ
तस्बिर : अन्नपूर्ण

दोलखा : सुनजस्तो देखिने पहेलो धातु ४ किलोग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय दोलखाले बिहीबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा बिगु गाउँपालिका-१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ रहेका छन् । 

उनीहरूलाई विगु गाउँपालिका -१ लामाबगरको विभिन्न स्थानबाट प्रकाउ गरिएको प्रहरी नायव उपरीक्षक दीपक खड्काले जानकारी दिए।

बिगु गाउँपालिका-३ जामुने डेरा गरी बस्ने केशर तामाङसमेतले अवैध रूपमा तस्करी गरी ल्याएको सुन लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा र ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरी टोलीले केशरबहादुर तामाङको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको धातु बरामद गरेको हो।

पक्राउ परेका केशर, पेम्बा र माधवको बयानका आधारमा थप दुईजनालाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ। नुर्वु छिरीङ र सुनमाला भिमेश्वर नगरपालिका-६ स्थित शुभकामना होटलबाट पक्राउ परेका हुन्। 

उनीहरूलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दामा जिल्ला अदालत दोलखाबाट ८ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.