हराएका सवारीसाधन खोज्दै ट्राफिक

हराएका सवारीसाधन खोज्दै ट्राफिक
सुन्नुहोस्

काठमाडौं : तपाइँले चलाउँदै आउनुभएको सवारीसाधनको कागजात छ ? सवारी अनुमतिपत्र छ ? छैन भने सडकमा सवारी नकुदाउनुहोस्। कागजात नभएका सवारीसाधनको खोजीमा ट्राफिक प्रहरीले वेग्लै अभियान चलाएको छ। उपत्यकाका विभिन्न ठाउँमा पार्किङ गरिराखेको सवारीसाधन हराएको उजुरी बढ्न थालेपछि ट्राफिक प्रहरीले अभियान नै सञ्चालन गरेको छ। 

शुक्रबार मात्रै विभिन्न मितिमा हराएका २१ वटा दुईपाङग्रे सवारी साधनसवारी धनीलार्ई हस्तान्तरण गरिएको छ। १४ वटा मोटरसाइकल र ७ वटा स्कुटर सवारीधनीले प्राप्त गरेका छन्। सवारीसाधन हराएको भन्दै ट्राफिक कार्यालयमा वर्षमा सयौं उजुरी पर्ने गरेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार गत वर्ष १८०० वटा सवारीसाधन हराएको उजुरी परेको थियो। जसमध्ये ६५० वटा दुईपांग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेर सवारीधनीलार्ई बुझाएको छ। चोरीमा सलग्न ३७ जना पक्राउ परेका थिए। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार उपत्यकाको धर्मस्थली, नेपालटार, बालाजु, नयाँबसपार्क, सोह्रखुट्टे, सुकेधारा, बौद्ध, जम्बुडाँडा, सातदोबाटो, अनामनगर, कालीमाटी, थापाथली, थानकोट, ठिमीलगायतका स्थानमा ट्राफिक प्रहरीले यी सवारीसाधन फेला पारेका हुन्। 

चालू आर्थिक वर्षमा १ सय ११ ओटा दुइपांग्रे सवारीसाधन धनीलार्ई जिम्मा लगाइएको छ। यस आर्थिक वर्षमै ७ ओटा चोरीका मोटरसाइकल सहित ८ जनालार्ई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ। ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्ट भन्छन्, ‘नियमित चेकजाँचका क्रममा कागजात साथमा नभएका धेरै सवारीसाधन चोरीका हुने गरेका छन्। 

उजुरी परेको आधारमा सवारी साधन खोज्नका लागि ट्राफिक प्रहरीको छुट्टै टोली नै छ। यही टोली नै हराएका तथा चोरी भएका सवारीसाधन खोजतलास र निगरानी गर्ने गर्छ। सवारी चोरीका घटना बढ्दै गएकाले सचेत रहन उनको आग्रह छ। 

प्रवक्ता भट्टका अनुसार सवारी साधन चोरीमा संलग्नहरू एक ठाउँमा चोरी गरेर पक्राउ गरेकाहरू, धरौटीमा छुट्ने गर्छन्, उनीहरू पुनः चोरी कार्यमै सहभागी हुने गरेका छन्। 

सवारीसाधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नका लागि ट्राफिक कार्यालयले आग्रह गरेको छ। मानिसहरू आवतजावत नहुने एकान्त ठाँउमा सवारी पार्क गर्नु हुँदैन। 

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिन्छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.