सामाजिक सद‍्भाव भड्काउन खोजेको आरोप

सुनसरीबाट पक्राउ परेका श्री निवासाचार्यलाई धनुषा लगियो

सुनसरीबाट पक्राउ परेका श्री निवासाचार्यलाई धनुषा लगियो

धरान : नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्री निवासाचार्य  (दिनेश पण्डित) लाई  सुनसरीबाट  धनुषा जिल्ला पठाइएको छ ।

केहि दिनअघि जनकपुरमा गाई काट्ने व्यक्तिको हत्या गरी आउने जो-सुकैको परिवारलाई लालनपालन र जेलमा समेत संरक्षण गर्ने अभिव्यक्ति दिएका उनलाई  सुनसरी प्रहरीले मंगलबार पक्राउ गरेको थियो । 

सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टी एरियाबाट पक्राउ परेका श्रीनिवासलाई बुधबार जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको सुनसरीका प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीले बताए । उनले   धुनाषा प्रहरीको आग्रहमा श्री निवासाचार्यलाई पक्राउ गरिएको बताए । 

धरानलगायतका स्थानमा गाई काटेर भोज खाएको भीडीयो सार्वजनिक भएपछि उनले हिन्दु धर्म र गाईको रक्षाको आवाज उठाउँदै आएका थिए । गाईको रक्षा र गाई काट्नेलाई त्यसैगरी मान्छे  काट्न निर्देशन दिएर सामाजिक सद्भाव भड्काउन खोजेको आरोपमा प्रहरीले श्रीनिवासलाई पक्राउ गरेको हो । 

पक्राउ परेका उनलाई धनुषा प्रहरीले मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको बुझिएको छ । श्रीनिवास बिराटनगरमा आफैले गोली हान्न लगाएर विवादमा आएका धर्म गुरु हुन् ।

यसअघि हातहतियार खरखजना ऎनअन्तर्गत  मुद्दा खेपेका उनी जिल्ला अदालत मोरङको आदेशमा  धरौटीमा  छुटेपछि झन् विवादास्पद क्रियाकलाप गर्दै आएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.