ललितपुरको सिँचाइ आयोजनालाई जाजरकोट

ललितपुरको सिँचाइ आयोजनालाई जाजरकोट
सुन्नुहोस्

जाजरकोट : ललितपुरको सिँचाइ तथा नदी व्यवस्थापन आयोजनालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशका सबै जिल्ला हेर्ने गरी जाजरकोटमा स्थानान्तरण गरेका छन्। कर्णाली प्रदेशका १० वटै जिल्लामा काम गर्ने गरी यो आयोजना कार्यालय जाजरकोटमा स्थापना गरिएको हो। 

मन्त्री  बस्नेतले हालै जाजरकोट खलंगामा उक्त कार्यालयको उद्घाटन गरे । कामविहीन जस्तै अवस्थामा रहेको उक्त आयोजना कार्यालयलाई मन्त्री बस्नेतको पहलमा मन्त्रिपरिषद्को निर्णयबाट जाजरकोट सारेका हुन्।

भेरी नगरपालिका– ४ खलंगामा स्थापना गरिएको अवसरमा बोल्दै मन्त्री बस्नेतले कर्णाली प्रदेशमा सिँचाइ सुविधा पुर्‍याउन, ठूला साना नदीको व्यवस्थापनमा क्षेत्रगत रूपमा काम गर्ने बताए। सिँचाइ सुविधा नपुगेका कर्णालीका नदी आसपास र अन्य बाँझा जमिनमा सिँचाइ सुविधा पुर्‍याई उत्पादकत्व वृद्धि गर्ने गरी काम अघि बढाउन आयोजना कार्यालयलाई निर्देशन दिए। 

कार्यक्रममा संघीय प्रतिनिधिसभा सदस्य मैना कार्की रावल, पूर्वमन्त्री सत्या पहाडी, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, भेरी नगरपालिकाका नगरप्रमुख सीपी घर्ती, प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलगायतले कर्णालीको समग्र विकासमा आयोजना कोसेढुंगा सावित हुने बताए। कार्यालय प्रमुख कृष्ण डुम्राकोटीले सरकारले दिएको निर्देशन, कार्यालयको कार्यक्षेत्र र बजेटको सीमाभित्र रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.