भारतबाट तस्करी गरी ल्याइएको सात लाखको गहुँ बरामद

भारतबाट तस्करी गरी ल्याइएको सात लाखको गहुँ बरामद
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : भारतबाट तस्करी गरेर नेपालमा ल्याइएको एक ट्याक्टर गहुँ प्रहरीले पर्साको ग्रामीण भेगबाट बरामद गरेको छ ।  पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १९ केहुनियास्थित तिलावे पुलबाट बुधबार प्रहरीले ८ हजार ५६० केजी गहँुसहितको ना १ ख ९६४२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाउँबाट वीरगन्ज बजारतर्फ आउँदै गरेको उक्त ट्याक्टर तिलावे पुलमा रोक्न खोज्दा चालक ट्याक्टर छाडेर भागेका थिए । त्यसपछि प्रहरीले चेकजाँच गर्दा उक्त ट्याक्टरमा लोड रहेको  ८ हजार ५६० केजी गहुँ बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थाापाले जानकारी दिए । 

बरामद गहुँको बजार मुल्य सात लाख ३९ हजार ६८० रुपैयाँ रहेको उनले बताए ।  बरामद गहुँसहितको ट्याक्टर थप अनुसन्धान तथा कारबहीको लागि बुधबार नै वीरन्ज भन्सार कार्यालय बुझाइएको जानकारी थापाले दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.