शेखरले किन उठाइरहेका छन्, सरकार परिवर्तनको एजेन्डा ?

शेखरले किन उठाइरहेका छन्, सरकार परिवर्तनको एजेन्डा ?
फाइल तस्बिर।

काठमाडौं : सत्तासीन कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार परिवर्तनको कुरा लगातार उठाइरहेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार रहेसम्म मुलुक उँभो नलाग्ने भन्दै उनले आफ्नै पार्टी सहभागी सरकार परिवर्तनको कुरा उठाउँदै आएका छन्। 

किन त ? कोइराला पक्षधर जगदीश्वरनरसिंह केसी भन्छन्, ‘सरकार एकपछि अर्को कमी कमजोरी गर्दै जाने र त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने बाध्यता कांग्रेसलाई छैन।’ सरकारकै संरक्षणमा मुलुकमा धार्मिक र जातीय द्वन्द्व भड्काउने काम भइरहेको उनको आरोप छ। ‘सरकारका सबै गलत कामको भारी कांग्रेसले किन बोक्ने ? केसीले प्रतिप्रश्न गर्दै भने, ‘त्यसैकारण शेखर कोइरालालगायतका नेताहरूले सरकार परिवर्तनको कुरा उठाउनुभएको हो।’ 

कोइराला निकट अर्का एक केन्द्रीय सदस्य भन्छन्, ‘माओवादी नेतृत्वको सरकार रहेसम्म कांग्रेस बदनाममात्र भइरहेको छ। सरकार भएको अनुभूति जनताले गर्नै पाएनन्।’ उता, कांग्रेस सभापति शेरबहादुर देउवा भने तत्काल सरकार परिवर्तनको पक्षमा छैनन्। देउवा पक्षधर नेता रामहरि खतिवडा भने पार्टीको बैठकमा कुरा नराखी बाहिर–बाहिर यस्तो कुरा गर्नु उचित नभएको बताउँछन्। 

‘भर्खरै सम्पन्न पार्टीको केन्द्रीय सदस्यको बैठकमा सरकारबाट हट्ने कुरा कसैले पनि उठाउनु भएन,’ खतिवडा भन्छन्, ‘छलफल गर्ने स्थानमा छलफल नगर्ने, अनि बाहिर–बाहिर यस्तो कुरा गरेर हुन्छ ?’ सरकारका कामकारबाहीमा चित्त नबुझे गुनासो गर्ने र जनतालाई सकारात्मक आभाष हुने गरी काम गर्न सबैले आग्रह गर्न सक्ने खतिवडाले बताए। 

देउवापक्षीय नेताहरू सरकारमा भाग कम भएका कारण इतर पक्षले सरकार परिवर्तनको कुरा उठाएको आरोप लगाउँछन्। त्यसैकारण तत्काल सरकार फेर्ने कि नफर्ने भन्नेमा कांग्रेसभित्र संस्थापन र इतर पक्षधर नेताहरू विभाजित छन्। 

संस्थापन इतरपक्षीय नेता डा. कोइरालाले बिहीबार आयोजित एक कार्यक्रममा सरकारप्रति गम्भीर आरोप नै लगाए। ‘जति दिन यो सरकार राख्यो, त्यति नै देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ।’ कोइरालाले तत्कालै कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने धारणा पनि राखे। शान्ति सुरक्षा, महँगी नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण र सुशासनमा सरकारले काम गर्नै नसकेको कोइरालाको आरोप छ। 

सरकार परिवर्तन गर्ने कोइरालाको मागमा ‘हो मा हो’ थपेका छन्, महामन्त्री गगन थापाले। उनले सरकारमा रहँदा कांग्रेस बदनाममात्रै भएको भन्दै माओवादीसमेत सम्मिलित ‘समाजवादी मोर्चा’लाई मात्रै सरकार चलाउन दिनुपर्ने प्रस्ताव पनि अघि सारे। 

महामन्त्री थापाले गत आइतबार काठमाडौंंमा आयोजित एक कार्यक्रममा सरकारमा रहेका कांग्रेसका सबै मन्त्री फिर्ता बोलाउन सार्वजनिक प्रस्ताव नै गरे। महामन्त्री थापाले सत्ता गठन्धनको पूर्वसहमतिअनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेतृत्वमा सरकार बन्नुपर्ने र त्यसलाई कांग्रेसले समर्थन जनाउनुपर्ने बताए। 

कांग्रेसमा संस्थापन इतर समूहका नेता शेखर सुशासन र स्थिरताका लागि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको दाबी गर्छन््। उनले भने, ‘प्रधानमन्त्री प्रचण्डजी भड्काउमा लाग्नु भएको छ। सुशासनमा ध्यान दिनु भएको छैन। त्यसैले प्रचण्डजीको विकल्प खोज्नुपर्छ।’ उनले सरकारले गरेका कामको अपजसको भारी कांग्रेसले मात्र बोक्न नसक्ने भन्दै प्रचण्ड नेतृत्व सरकारले गरेका कुनै निष्कर्षमा पुग्न नसकेका स्टन्टबाजीको भारी बोक्न नसक्ने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.