गोली लागेर घाइते भएकी असइ चौधरीकी श्रीमतीको मृत्यु

गोली लागेर घाइते भएकी असइ चौधरीकी श्रीमतीको मृत्यु

काठमाडौं : गोली लागेर घाइते भएकी नेपाल प्रहरीका असइ लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ। उनको उपचारका क्रममा शुक्रबार राति त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिएका छन्।

असइ चौधरी नेपाल प्रहरीका पूर्वआईजीपी ध्रुवबहादुर प्रधानका निजी सुरक्षा अधिकृत हुन्। असोज १० गते चौधरीकी श्रीमती शर्मिला गोली लागेको अवस्थामा निवासमै घाइते अवस्थामा भेटिएकी थिइन्।

चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते अवस्थामा भेटिएकी उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको  थियो। पेस्तोल भुलबस चलाउँदा गोली लागेको अनुमान गरिएको छ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.