वीरगन्जमा एक महिलाको हत्या

वीरगन्जमा एक महिलाको हत्या
सुन्नुहोस्

वीरगन्ज  : वीरगन्जमा आफ्नै घरमा एक महिलाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका-१ बजार छपकैयामा गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी साहको हत्या भएको हो।

प्रहरीका अनुसार, शुक्रबार बिहान टाउकोमा घरेलु हतियारले हानेर गम्भीर घाइते अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्याको यकिन कारण खुल्ने एक प्रहरीले अधिकृतले बताए।

प्रहरीका अनुसार पुनमदेवीको हत्या कसले र किन गरेको भन्ने खुल्न सकेको छैन।

मृतक पुनमदेवी घरमा ऐक्लै बस्दै आएकी थिइन्। पति गगनदेव कामको शिलशिलामा भारतमा र छोरा पनि अध्ययनको लागि भारतकै दिल्लीमा रहेका छन्।

घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.