रुकुम पश्चिममा ५४ जनालाई छोरी-बुहारी छात्रवृत्ति

रुकुम पश्चिममा ५४ जनालाई छोरी-बुहारी छात्रवृत्ति
सुन्नुहोस्

रुकुम : रुकुम पश्चिममा कर्णाली प्रदेशको छोरी-बुहारी छात्रवृत्ति कार्यक्रमअन्तर्गत ५४ जनाले छात्रवृत्ति पाएका छन्। 

आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले छोरी-बुहारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रम सुरु भएको पहिलो आर्थिक वर्ष प्रदेशबाट दुई जनालाई छात्रवृत्ति प्रदान गरेको सामाजिक विकास मन्त्रालयले आव २०७७-७८ देखि जिल्लामा रहेको समाजिक विकास कार्यालयबाट छात्रवृत्ति दिन थालेको हो।

आव २०७६/७७ मा १० जना,  २०७७/७८ मा  पनि १० जना, २०७८/७९ मा २० जना र गत आवमा १२ जना गरी ५४ जनाले छात्रवृत्ति पाएका हुन्। आव २०७५/७६ मा प्रदेश निर्देशनालयले छात्रवृत्ति वितरण गरेको र जिल्लामा त्यसको तथ्यांक नभएकाले कति जनाले छात्रवृत्ति पाएभन्ने यकिन जानकारी नभएको सामाजिक विकास कार्यालयका प्रमुख धनञ्जय आर्चायले बताए। उनका अनुसार दुई आर्थिक वर्षमा एक लाख र गत आवमा रु ५० हजारका दरले छात्रवृत्ति वितरण गरिएको हो। 

तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गरिरहेका छोरी-बुहारीलाई मात्र एक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरिएको प्रमुख आर्चायले जानकारी दिए। आव २०७६/७७ र २०७७/७८ मा रु एक लाख र २०७८/७९ मा रु ५० हजारमात्रै छात्रवृत्ति प्रदान गरिएको हो। यो वर्ष पनि २० जनाका लागि  रकम माग गरिएको छ। यो कार्यक्रमले आर्थिक अभावमा पढ्न नपाएका छोरी-बुहारीलाई सहयोग पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.