इजरायल आक्रमण :  सुदूरपश्चिम विश्वविद्यालयमा सन्नाटा

इजरायल आक्रमण :  सुदूरपश्चिम विश्वविद्यालयमा सन्नाटा
इजरायल गएका टीकापुरका विद्यार्थी । तस्बिर : सामाजिक सञ्जाल

टीकापुर : प्लालेस्टाइन विद्रोही समूह 'हमास'को आक्रमणमा परी केही विद्यार्थी घाइते भएपछि कैलालीको टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ एग्रिकल्चर कृषि विज्ञान संकाय शोकमा डुबेको छ । 

शनिबार भएको विद्रोहीको आक्रमणमा परी ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि इजरायल गएका स्कुल अफ एग्रिकल्चरका विद्यार्थी भएको कृषि फर्मका विद्यार्थीहरू घाइते भएका हुन् । 

विद्यार्थी भएकै फर्ममा आक्रमण केही घाइते भएको र अन्य विद्यार्थी हताहत भएको खबरले सन्नाटा छाएको छ ।  स्कुल अफ एग्रिकल्चरका प्रमुख सुशील न्याउपानेले इजरायलमा भएको आक्रमणमा विद्यार्थी परेको घटनाले कृषि विज्ञान संकाय शोकमा डुबेको बताए । ‘कृषि विज्ञान संकायले आन्तरिक परीक्षा र पठनपाठन रोकेको छ,' प्रमुख न्याउपानेले भने, ‘यस्तो अवस्थामा कसरी पढाउनु ? हामी विद्यार्थीको अवस्थाको सोधीखोजीमै लागेका छौं ।’

न्याउपानेका अनुसार आक्रमणमा परी घाइते भएका तीन जना विद्यार्थीको उपचार भइरहेको छ । घाइते हुनेमा टीकापुरका धनबहादुर चौधरी, गोरखाका हिमाञ्चल कट्टेल र सल्यानका विधान सेजुवाल रहेका छन् । उनीहरूमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको न्याउपाने बताए । 

उनीहरू विद्रोही समूहको नियन्त्रणमा रहेको किवुज एलुमिनमा रहेको कृषि फार्ममा काम गर्थे । सोही ठाउँमा कार्यरत १७ जनामध्ये टीकापुरका विरेन्द्र चौधरी कुनै कुनै बेला सामाजिक सञ्जालमार्फत् सम्पर्कमा आउने गरेको न्याउपानेले जानकारी दिए । 

उनका अनुसार चौधरीले आफू सेनाको घेरामा रहेको जानकारी दिने गरेका छन् । अन्य विद्यार्थी भने सम्पर्कविहीन छन् ।  न्याउपानेले डेनी हमरमा रहेका ९ जना विद्यार्थी भने सम्पर्कमा आएको जानकारी दिए । उनका अनुसार सबै विद्यार्थी घरमा बसिरहेका छन् । उनीहरु सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पर्कमा आएको न्याउपानेले बताए । 

सम्पर्कमा आउनेमा बाजुराका रमेशबहादुर कार्की, रौतहटका विनोदप्रसाद साह, कैलालीका आभाष भट्टराई, कञ्चनपुरका नरेशसिँह भण्डारी, डडेल्धुराका लोकेन्द्र बिष्ट, कैलालीका रोहित नायक, रौतहटका निरञ्जन कुमार कुसहवा, कैलालीका अरविन्द कुमार चौधरी र बाँकेका उपेन्द्र जिसी रहेका छन्। 

न्यौपानेका अनुसार सम्पर्कमा आएका विद्यार्थीहरूले बंकर नभएका कारण आफू असुरक्षित रहेको बताउँदै आएका छन् । निरन्तर भिडन्त भइरहेकाले कुनै पनि बेला आक्रमणमा पर्ने सम्भावना रहेको ती विद्यार्थीले बताएका छन् । 

कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिष्टारका ४९ जना विद्यार्थी मध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना गएका थिए । उनीहरूमध्ये १० जना छात्रा रहेका छन । उनीहरू १० महिनाका लागि इजरायल गएको न्यौपानेले बताए ।

 विद्यार्थीले लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत साताको १ दिन अध्ययन, ५ दिन काम र १ दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान संकायले कार्यक्रम अन्तरगत  पहिलो पटक विद्यार्थी पठाएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.