१० प्रतिशत प्रतिफल पक्का भए पनि देखिएन आकर्षण, थपियो अवधि

१० प्रतिशत प्रतिफल पक्का भए पनि देखिएन आकर्षण, थपियो अवधि
सुन्नुहोस्

काठमाडौं : पूर्वनिर्धारित समयमा माग गरिएअनुसार आवेदन नपरेपछि सिटिजन्स बैंकको  डिबेन्चरमा आवेदन दिने म्याद थपिएको हो। बैंकले तीन अर्ब रुपैयाँबराबरको १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर पाइने ‘सिटिजन्स बैंक डिबेन्चर २०९०’ मा आवेदन दिने म्याद थप गरेको हो।

गत बुधबारदेखि निष्कासन तथा बिक्री खुला भएको ऋणपत्रमा आइतबार साँझसम्म २ हजार ९ सय ३८ जनाले १३ करोड ४६ लाख ६६ हजार रुपैयाँबराबर १ लाख ३४ हजार ६ सय ६६ इकाइ ऋणपत्रका लागि आवेदन दिएका छन्। बैंकका अनुसार ऋणपत्रमा आगामी कात्तिक १ गतेसम्म आवेदन दिन पाइनेछ। बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ। जसमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ। बाँकी ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बाँडफाँट गर्नेछ। सर्वसाधारणका लागि छुट्ट्याइएको ऋणपत्रमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि रिजर्भ गरिएको छ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ। ऋणपत्र निष्कासन छिटोमा असोज २१ गते बन्द हुनेछ भने मागअनुसार आवेदन नपरेको खण्डमा ढिलोमा कात्तिक १ गते हुनेछ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल हो। क्रेडिट रेटिङ गर्ने कम्पनी इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बिप्लस प्रदान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.