राष्ट्रियसभाको बैठक शुक्रबारसम्मका लागि स्थगन
काठमाडौं : राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ । आज बिहान ११ :१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११ : ३१ बजे बस्ने गरी स्थगन भएको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए।
इजरायलमा मारिएका नेपालीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ ।
हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। केही घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र जोखिममा क्षेत्रमा रहेकाहरूलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्रमन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !