झापामा जंगली हात्ती मृत फेला

झापामा जंगली हात्ती मृत फेला
सुन्नुहोस्

झापा  : झापाको भद्रपुरमा बुधबार बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ। भद्रपुर-२ स्थित कमलधाप रामपोखरी सामुदायिक वन कार्यालय नजिकै गहिरो नालीमा डुबेको अवस्थामा हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

स्थानीयले हात्ती मृत देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। हात्ती मृत फेला परेपछि प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी र डीएसपी रिजाल घटनास्थल पुगेका थिए।

null

'वयस्क हात्ती चौडाइ कम भएको गहिरो नालीमा फसेको देखियो', डीएसपी रिजालले भने, 'नालीबाट निस्किन हात्तीले निक्कै प्रयास गरेको देखिन्छ, अगाडिको खुट्टा हिलोपानीमा दबेकोले निस्किन सकेन, र त्यहाँ नै मृत्यु भयो।'

घटनास्थलमा प्रहरी र डिभिजन वन कार्यालय झापाका टोली पुगिसकेको उनले बताए । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चिकित्सकको टोली आइरहेको छ। 'घोप्टो परेकै अवस्थामा हात्ती छ, त्यसलाई चलाइएको छैन', डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले भनिन्, 'चिकित्सकको टोली आएपछि पोस्टमार्टम गरिन्छ, अनि मात्र के कारणले हात्तीको मृत्यु भयो भन्ने खुल्छ।'

झापामा अहिलेसम्म यो लगायत १८ हात्तीको मृत्यु भइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.