म्युचुअल फन्डको लगानीमा कति जोखिम ?

म्युचुअल फन्डको लगानीमा कति जोखिम ?

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)को दोस्रो बजारमा म्युचुअल फन्डको कारोबार पनि कछुवाको गतिमा अघि बढिरहेको छ। आम लगानीकर्ताको आकर्षण अन्य कम्पनीको सेयरमा बढी भए पनि म्युचुअल फन्ड जोखिमरहित लगानी हो। यद्यपि हाल बजारमा जारी भएका र नेप्सेमा सूचीकृत भएका करिब ३७ वटा म्युचुअल फन्डको दोस्रो बजारमा कारोबार भइरहेको छ। उक्त म्युचुअल फन्ड न्यूनतम ७ देखि अधिकतम ११ वर्षे अवधिसम्मका छन्। 

अन्य कम्पनीका सेयर लाखौंको संख्यामा करोडौं रुपैयाँको आकारमा कारोबार भइरहँदा म्युचुअल फन्डको लाखौंमा सीमित छ। नेप्सेको तथ्यांकअनुसार मंगलबार ७ लाख १५ हजार ९ सय ८२ इकाइ कारोबार भएको म्युचुअल फन्डमा ६० लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ। मंगलबार मात्रै ३ सय ९५ पटक कारोबार भएको नेप्सेको तथ्यांकमा उल्लेख छ।  

म्युचुअल फन्डले प्रतिफलमा बोनस सेयर दिँदैन। यसले नगद लाभांश मात्रै दिन्छ। यसो हुँदा जति इकाइ म्युचुअल फन्ड किनेको हो त्यतिमै सीमित हुन्छ। नगद लाभांशबापतको रकम बैंक खातामा आउँछ। हाम्रो बजारमा नगद लाभांश दिनेलाई राम्रो नमान्ने भएकाले पनि यसमा आकर्षण कम भएको अनुमान गर्न सकिन्छ।। यसले बोनसबाट कित्ता नथप्ने र हाम्रो बजार बोनसमा आकर्षित बजार भएकाले लगानीकर्ताको आँखामा कम पर्न गएको सेयर विज्ञ कृष्ण गिरी बताउँछन्। त्यसकारण यसको कारोबार जहिल्यै पनि डिस्काउन्टेवल मूल्यमा हुन्छ। 

बढी लाभांश दिने म्युचुअल फन्डमा सानिमा इक्विटी

पछिल्लो समय केही म्युचुअल फन्डले आकर्षक नगद लाभांश दिएका छन्। करिब १५ म्युचुअल फन्डले आर्थिक वर्ष २०७९÷८० को नगद लाभांश दिएका छन्। जसमा सबैभन्दा बढी सानीमा इक्विटी फन्डले १८ प्रतिशतसम्म लाभांश दिएको छ। यसपछि सन्राइज फस्ट म्युचुअल फन्डले १६, एनएमबी हाइब्रिड फन्ड–१ र एनएमबी ५० ले १५ प्रतिशत लाभांश वितरण गरेका छन्।

यसपछि कुमारी इक्विटी फन्डले १०, नबिल ब्यालेन्स फन्ड–२ ले ९.६, लक्ष्मी उन्नति कोषको र प्रभु सेलेक्ट फन्डको ९.५ प्रतिशत छ। यसैगरी क्रमशः लक्ष्मी इक्विटी फन्ड र सिटिजन्स म्युचुअल फन्ड–२ को ८–८, एनआईबीएल प्रगति फन्डको ६.८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ योजना–२ को ६.५, कुमारी धनवृद्धि योजनाको ६ प्रतिशत लाभांश दिएको छ। सो आवमा सबैभन्दा कम सिद्धार्थ इक्विटी फन्ड र ग्लोबल आईएमई ब्यालेन्स फन्ड–१ ले लाभांश ५–५ प्रतिशत दिएका छन्। 

यसै क्रममा मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा सन्राइज मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ सन्राइजको पहिलो म्युचुअल फन्डले लगातार चार वर्षसम्म नगद लाभांश दिन सफल भएको बताए। दोस्रोले सुरुवातको दुई वर्ष नगद लाभांश दिन सकेको छैन। यस्तै सन्राइजको तेस्रो फन्डको नेट एसेस्ट भ्यालु १० रुपैयाँभन्दा माथि भएको उनले जानकारी दिए।  

म्युचुअल फन्ड खरिद गर्दा एक इकाइको लागि मूल्य १० रुपैयाँ कायम गरिएको हुन्छ। यो म्युचुअल फन्डको अंकित म्ूल्य हो। तर अहिले बजारमा अधिकांश म्युचुअल फन्डको प्रतिइकाइ अंकित मूल्यभन्दा कममा बजारमा कारोबार भएका छन्। अर्थात् १० रुपैयाँ प्रतिइकाइ किनेको यस्तो सेयर मूल्य घटेर ७ रुपैयाँ प्रतिइकाइ मूल्यसम्म पुगेको छ। बजारमा कम मूल्यमा खरिद गर्न पाइनु भनेको किन्नेलाई फाइदा पनि हो। तर मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष श्रेष्ठ मुच्युअल फन्ड बजारमा थोरैमात्र कारोबार हुने भएकाले त्यसको वास्तविक मूल्य नपाएको गुनासो गर्छन्। उनी भन्छन्, ‘प्रतिइकाइ मूल्य ७ रुपैयाँमा देखिएको छ तर कसैले एक लाख युनिट किन्नुप¥यो भने पाइँदैन। यसको वास्तविक मूल्य बजारले रिफ्लेक्ट गरेको छैन। यसको वास्तविक मूल्य नेट एसेस्ट भ्यालुबाट हेर्ने हो। यो मूल्य मर्चेन्टले साप्ताहिक र मासिक प्रकाशन गर्ने गर्छन्।’ 

म्युचुअल फन्डमा आकर्षण कम हुनुको कारण बताउँदै अध्यक्ष श्रेष्ठ यसको किनबेच नै कम हुने गरेको बताउँछन्। उनका अनुसार यसको निरन्तर धेरै कारोबार भएको देखिँदैन। ‘खरिदकर्ताले नेट एसेस्ट भ्यालु हेरेर किन्दा झन् फाइदा पुग्छ। किनभने डिस्काउन्टेड मूल्यमा किन्न सकिन्छ। धेरैले दीर्घकालीन रूपमा होल्ड गर्ने गर्छन्। यसमा थोरै युनिटले मात्रै खरिद–बिक्री हुँदा वास्तविक मूल्य नेप्सेको कारोबारमा नदेखाएको हो,’ उनले थपे। यद्यपि अहिले सेयर बजार घटेकोभन्दा सम्पूर्ण म्युचुअल फन्डको खुद सम्पत्ति मूल्य (न्याभ–नेट एसेस्ट भ्यालु) धेरै कम मात्रै घटेको उनको भनाइ छ। बजार घटे पनि म्युचुअल फन्डको नेट एसेस्ट भ्यालु धेरै नघटेको उनले बताए। ‘अहिलेसम्म सम्पूर्ण म्युचुअल फन्ड हेर्दा सेयर बजारमा व्यक्ति आफंैले लगानी गर्नुभन्दा म्युचुअल फन्डमा लगानी गर्दा सुरक्षित देखिएको छ।’ श्रेष्ठले भने।   

म्युचुअल फन्डको दोस्रो बजारमा कत्तिको आकर्षण ?

प्रवृत्ति हेर्दा म्युचुअल फन्डको दोस्रो बजारमा आकर्षणभन्दा बढी विकर्षण भएको सेयरविज्ञ कृष्ण गिरी बताउँछन्। उनका अनुसार यस्ता फन्डले संस्थागत रूपमा काम गर्न सकेन भन्ने आक्षेप पनि छ। ‘अर्कोतर्फ यस्ता फन्डले राम्रो प्रतिफल दिन सकेन भन्ने पनि छ। तर म्युच्युअल फन्डका आफ्नो सीमितता पनि छ। म्युचुअल फन्डले जति उठाए पनि दोस्रो बजारमै ल्याएर लगानी गर्ने हो। कि त सेयर वा मुद्दती निक्षेपमै लगेर राख्ने हो। यसको अरू लगानी छैन,’ उनले भने, ‘यसैले समग्र सेयर बजार बढ्यो भने यसले कमाउँछ। बजार घट्यो भने यसलाई पनि बेफाइदा हुन्छ।

विज्ञहरूको प्रयोग भएको हुन्छ। तर घट्दो बजारमा कमाउनेभन्दा पनि घाटा कसरी कम गर्ने भन्नेतर्फ सोच्छन्। यस्ता फन्डको लगानीका क्षेत्र धेरै नभएकाले आफ्नो दक्षता, विज्ञता हासिल गर्न सकेको छैन।’ यसले अपेक्षा गरेअनुसारको सफलता लिन सकेको छैनौं। बजार घट्दा यो पनि घटेको छ। यद्यपि म्युचुअल फन्डको राम्रो पक्ष भनेको आईपीओ आउनासाथ यस्ता फन्डलाई हरेक आईपीओको ५ प्रतिशत अनिवार्य रूपमा दिने व्यवस्था छ। तर अहिले यो पनि हटाउने कुरा भइरहेको सुनिन्छ। म्युचुअल फन्डले पर्याप्त स्रोतहरू नपाउँदा क्षमताअनुसार काम गर्न नपाउँदा यसको प्रतिइकाइ मूल्य कम भएको हो। यसको काम गर्ने दायरा सीमित हुँदा यस्तो अवस्था आएको उनको तर्क छ। 

के हो त म्युचुअल फन्ड ?

पुँजी संकलनको माध्यम म्युचुअल फन्ड पनि कुनै कम्पनीको धितोपत्र वा सेयरजस्तै एक किसिमको सुरक्षण हो। यो हजारौं लगानीकर्ताले गरेको लगानीको कुल रकम हो। म्युअुचल फन्डको सञ्चालन इजाजतपत्र प्राप्त फन्ड म्यानेजरले गर्दछ।

म्युचुअल फन्ड खरिद गर्दा एकाइमा खरिद गर्नु पर्दछ। नेपालमा म्युचुअल फन्ड खरिद गर्दा एक एकाइको लागि मूल्य १० रुपैयाँ कायम गरिएको छ। म्युचुअल फन्ड पनि धितोपत्र जस्तै पुँजी निर्माणको आधार हो। 
म्युचुअल फन्डमा लगानी गर्दा के–के फाइदा हुन्छ ?

म्युचुअल फन्डमा लगानी गर्नाले लगानीकर्ताले आफ्नो बचतलाई बैंक तथा वित्तीय संस्थामा राख्दा प्राप्त गर्ने ब्याजभन्दा धेरै रकमको प्रतिफल प्राप्त हुन्छ। म्युचुअल फन्डको रकमलाई फन्ड व्यवस्थापकले विभिन्न क्षेत्रमा लगानी गरेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.