उद्धारका लागि परराष्ट्र मन्त्री स्वयं इजरायल जाँदै

उद्धारका लागि परराष्ट्र मन्त्री स्वयं इजरायल जाँदै

काठमाडौं : नेपालीहरूको उद्धारका लागि परराष्ट्र मन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन्।

आज राति ११ बजे नेपाल एयरलायन्सको विमान नेपालीहरूलाई लिन इजरालय जाँदैछ। सोही जहाजमा परराष्ट्र मन्त्री साउद इजरायल जान लागेको उनका स्वकीय सचिव दीपक जोशीले बताए। नेपालीहरूको उद्धार टोलीको नेतृत्व मन्त्री स्वयंले गर्दैछन्।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरूलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो। नेपालीलाई लिन नेपाली विमान त्यसतर्फ बुधबार राति ११ जाने कानुनमन्त्री धनराज गुरुङले जानकारी दिए। 

नेपाल आउन चाहनेमध्ये सबैभन्दा बढी विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएको उनले बताए। बैठकले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडानमार्फत् नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले बताए।

परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावाससँग समन्वय गरी स्वदेश फर्किने नेपालीहरूको विवरण संकलन गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले ३५० जनाभन्दा बढीले दूतावासमा आवेदन दिएको बताइन्। तीमध्ये २८८ जना नेपाल फर्किने रहेका छन्। सुरक्षा प्रोटोकलअनुसार मिलेसम्म नेपालीहरूको उद्धार गरिने प्रवक्ता लम्सालले बताइन्। 

गत शनिबार प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ। चार जना घाइते भएका छन् भने एक जना अज्ञात रहेका छन्। घाइतेमध्ये दुई जना डिस्चार्ज भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताइन्। नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको भन्दै हस्तान्तरण गरेपछि मात्रै उच्च प्राथमिकता साथ नेपाल ल्याउने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.