१२ लाख रुपैयाँसहित तीन भारतीय पक्राउ
टीकापुर : कैलालीको टीकापुर नगरपालिका वडा नं. १ समितिपुरबाट १२ लाख ४२ हजार ८ शय ८८ रुपैयाँसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।
टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरको टोलीले उक्त रकमसहित भारतको पलिया खिरीका तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पलिका व्यापारी असोनी मिश्र, सुमनकुमार बर्मा र गाडी चालक विकास ठाकुर रहेका छन्। शिक्षालयका अनुसार उनीहरुबाट ३ लाख ८७ हजार ४ शय ३० भारतीय रुपैयाँ र ६ लाख २३ हजार १ शय नेपाली रुपैयाँ बरामद गरिएको थियो।
सशस्त्र प्रहरीले युपी३एभी ९९९९ नम्बरको गाडीसहित स्रोत नखुलेको उक्त रकम बरामद गरेर राजश्ज अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाएको छ। उनीहरू पलियामा थोक व्यवसाय गर्दै आएका व्यापारी रहेको बताइन्छ।