देशलाई पार लगाउने जिम्मा कांग्रेसको काँधमा : उपप्रधानमन्त्री खड्का

देशलाई पार लगाउने जिम्मा कांग्रेसको काँधमा : उपप्रधानमन्त्री खड्का
सुन्नुहोस्

जाजरकोट : नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको संकट समाधानको जिम्मा नेपाली कांग्रेसको काँधमा आएको बताएका छन्। 

नेपाली कांग्रेस जाजरकोटको शुक्रबार जिल्ला सम्मलेनको उद्घाटन गर्दै उनले मुलुकको बिग्रेको अर्थतन्त्रलाई सुधार्ने र सम्हाल्ने जिम्मा कांग्रेसकै भएको बताए। मुलुकको अर्थतन्त्र चुनौतिपूर्ण छ। कोरोनाका कारण बिग्रेको अर्थतन्त्र उकास्ने चुनौति रहेकाले अर्थतन्त्रलाई चलायमान बनाई सुदृढ अर्थतन्त्र बनाउने जिम्मा पनि कांग्रेसकै रहेको खड्काले बताए। 

अस्थिरतातर्फ धकेल्न र सामाजिक सद्भाव खल्बल्याउन केही तत्व सक्रिय रहेको बताउँदै मुलुकको हरेक अफ्ठ्यारो परिस्थितिको सामना कांग्रेसले गर्दै आएको उनको भनाइ छ। 'मुलुकका हरेक परिवर्तनको नेतृत्व गर्ने कांग्रेसले अब आर्थिक समृद्धिको नेतृत्व पनि गर्छ । सबै दल र पार्टीलाई विश्वासमा लिएर कांग्रेस अघि बढ्नुपर्छ,' उनले भने, ‘नेपाली जनतालाई विश्वास दिलाउनका लागि कांग्रेस एक हुनुपर्छ। कांग्रेस एकढिक्का भयो भने मात्र देश र जनताका पक्षमा काम गर्न सकिन्छ। त्यसका लागि लोभ र मोह त्याग्नुपर्छ।’

उनले कार्यकर्तालाई विचलित नहुन र जनताको पक्षमा काम गर्न निर्देशनसमेत दिए। उनले त्यस्ता नेता कार्यकर्ताको उचित मूल्यांकन गर्ने भन्दै कसैलाई पनि काखा र पाखा नगर्ने दाबीसमेत गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.