कसैको हारगुहार सुनेनन् शेखरले

कसैको हारगुहार सुनेनन् शेखरले
फाइल तस्बिर।
सुन्नुहोस्

नेता कोइरालालाई पछि सर्न भन्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले फोनमा कुरा गरेका थिए। तर, कोइरालाले आफू कुनै पनि हालतमा पछि नहट्ने जवाफ दिएका छन्।

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवालगायत कांग्रेस नेताहरूले नेता शेखर कोइरालालाई शुक्रबार बिहान धमाधम फोन गरे। फोनमा नेताहरूले कोसी प्रदेशको सरकार गठन प्रक्रियामा सत्ता गठबन्धनको निर्णय मान्न आग्रह गरेका छन् थिए। 

बिहीबार बिहान बालुवाटारमा सत्ता गठबन्धनले कोसी प्रदेशमा माओवादीका तर्फबाट इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो। तर, त्यसलाई इन्कार गर्दै एमालेको समर्थनमा कांग्रेस नेता कोइरालाले केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारेका थिए। कार्कीले एमालेसहित आफूपक्षीय सांसदहरूको हस्ताक्षर पेस गरी मुख्यमन्त्रीमा दाबी गरेका  छन्। गठबन्धनको तर्फबाट आङ्बोले समेत मुख्यमन्त्रीमा दाबी गरेका छन्।

गठबन्धनभित्रै फुट आएपछि कोसी प्रदेशको सरकार गठन प्रक्रिया पछिल्ला दिन निकै पेचिलो बन्यो। आफ्नो निर्णयबाट कांग्रेस नेता कोइराला पछि नहट्ने बताएका छन्। कोसी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै गठबन्धनको तर्फबाट माओवादीका आङ्बोलाई उठाएको छ भने कोइरालापक्षीय कांग्रेसले आफ्ना ८ सहित एमाले सांसदको समर्थनमा कार्कीलाई अघि सारेको छ। 

कोसीको विषयमा यसअघि पनि नेता कोइरालाले पटकपटक पार्टी सभापति देउवालाई भेटेरै उद्धव थापाको स्थानमा अर्को कोही व्यक्तिलाई उठाउन प्रस्ताव गरेका थिए। उक्त विषयलाई सभापतिले नजरअन्दाज गरेपछि कांग्रेसमा अस्तित्व जोगाउने भन्दै कोइराला अघि बढेका छन्। नेता कोइरालालाई पछि सर्न भन्दै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले फोनमा कुरा गरेको स्रोतले बताएको छ। तर, कोइरालाले आफू कुनै पनि हालतमा पछि नहट्ने जवाफ दिएका छन्।

कोइराला निकट कांग्रेसकै एक केन्द्रीय सदस्यका अनुसार शुक्रबार बिहान राष्ट्रपति पौडेलले शेखरलाई फोन गरेर कोसीमा मिलेर र मिलाएर जान सुझाव दिएका थिए। पौडेललाई जवाफ दिँदै कोइरालाले भने, ‘सुर्वणशमशेर, गणेशमान सिंह र बीपी कोइरालाको पार्टीलाई धरापमा पार्ने स्थिति ल्याउने काम नेतृत्वबाट भयो। मैले खेलेको भूमिका पार्टी बचाउनका लागि हो। म यो कदमबाट पछाडि हट्दिनँ। पार्टी सभापति, उपसभापति, महामन्त्रीसँगै अन्य पदाधिकारी र अरू शीर्ष नेताले पनि यो विषय बुझ्नुपर्छ।’ 

कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सभापति, महामन्त्रीहरू र नेता कृष्ण सिटौलालगायतले माओवादीका आङ्बोलाई मुख्यमन्त्री छाड्न तयार हुनु भएको कुरा मैले प्रचण्डको मुखबाट सुन्नुपर्यो‍, कस्तो पार्टी बनायौं हामीले ?’

राष्ट्रपतिपछि ज्ञानेन्द्रबहादुर कार्कीले समेत कोइरालालाई फोन गरेका थिए। कार्कीले कोइरालालाई मिलेर जान सुझाव दिएका थिए। तर, कोइरालाले जवाफमा भने, ‘तपाईंहरूले संविधान पढ्नुभएको छ ? कसरी कोसीका सांसदलाई कारबाही गर्न र फिर्ता बोलाउन मिल्छ ? सभापति देउवाजीलाई भनिदिनू कोसीमा शेखर ब्याक हुँदैन।’ ‘तपाईंहरूले आफ्नो समूहको व्यक्ति उद्वव थापाबाहेक अर्को व्यक्ति उभ्याउन खोज्नु भएन। यसमा पार्टीका पदाधिकारी र सिनियर नेता सबै एकजुट हुनुभयो। तपाईंहरू कांग्रेसको अस्तित्व नै मेटाउन लागि पर्नुभयो। हामीले थापाको ठाउँमा कार्की नै खोजेका थिएनौं। अर्को व्यक्ति ल्याएको भए पनि हामी स्वीकाथ्यौं,’ कोइरालाले कार्कीलाई जवाफ दिए।’ प्रधानमन्त्री दाहालले फोन गर्दासमेत कोइरालाले ‘आङ्बोलाई पछि सार्नुहोस्, केदारजी पछि हट्नुहुन्न।’ भन्ने जवाफ दिएको स्रोतले बताएको छ। 

कोइरालाले कोसी सरकार गठनको प्रक्रियामा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा मौन रहनुले भने आफू आश्चर्यचकित भएको समेत निकटवर्तीलाई बताएका छन्।

कोइरालाले आशंका गरिराख्दा गोरखा जिल्ला कांग्रेसको दोस्रो जिल्ला सम्मेलनमा पुगेका महामन्त्री गगन थापाले कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिइने प्रतिक्रिया दिएका छन्। थापाले कांग्रेसलाई कांग्रेसजस्तै बनाइने बताए। कोसी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमतर्फ इंगित गर्दै थापाले कांग्रेसलाई एमाले वा माओवादीकरण हुन नदिइने 
बताएका हुन्। 

शेखर नआएपछि रोकियो कार्य सम्पादन बैठक 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार दिउँसो कोइरालालाई बालुवाटार बोलाएर छलफल गरेका थिए। विकल्पको नाम दिनभन्दा पनि शेखरले नमानेको पार्टीका प्रवक्ता मीन विश्वकर्माले बताए। विश्वकर्माले प्रधानमन्त्री प्रचण्डले कांग्रेसले एक मतले निर्णय गरे इन्द्रलाई ब्याक गर्न तयार भए पनि शेखर बाधक बनेको समेत बताए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.