सिन्धुलीमा सवारी चालकहरूलाई रक्तचाप र आँखा परीक्षण

सिन्धुलीमा सवारी चालकहरूलाई रक्तचाप र आँखा परीक्षण
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा सवारी चालकहरूलाई रक्तचाप र आँखा परीक्षण गर्न सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले नेपाल रेडक्र र आँखा अस्पतालको समन्वयमा आँखा परीक्षण सुरू गरेको हो।

नजिँकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सिन्धुलीमाढीस्थित चेक पोष्ट र गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित प्रहरी चेक पोष्टमा लामो तथा छोटो दूरीमा सञ्चालन हुने सवारी साधनका चालक र सहचालकको रक्तचाप र आँखा परीक्षण गर्न थालेको हो। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरञ्जीबी दाहालका अनुसार विपी राजमार्ग, मध्ये पहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्ग हुँदै सञ्चालन हुने यात्रुबाहक सवारी साधनका चालक र सहचालकको रक्तचाप र आँखा परिक्षण गर्ने गरिएको छ। 

‘जिल्लाका राजमार्गमा हुने सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले चालक र सहचालकको रक्तचाप र आँखा जाँच थालिएको हो,’ उनले भने।

यसका लागि कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाले समेत सहयोग गरेको छ। चाडपर्वका समयमा विपी र मध्ये पहाडी लोकमार्ग हुँदै राजधानी भित्रने र बाहिरिने सवारी साधनको अत्याधिक चाप बढ्ने गरेको छ। 

पूर्वी नेपाल तथा मध्ये तराईदेखि राजधानी काठमाडौंसम्म जाने र आउने सवारीसाधनमा एकै जना चालकको १८ घण्टासम्म सवारी चलाउने गरेका छन्। जसका कारण प्रेसर बढ्दा र आँखाको ज्योतिमा समस्या आउदा दुर्घटना बढ्ने सम्भावना बढी छ। प्रहरी प्रवक्ता दाहालका अनुसार हालसम्म एक हजार बढी चालकको रक्तचाप र आँखा परीक्षण गरिसकिएको छ । 

त्यस्तै चाडपर्वलाई लक्षित गर्दै प्रहरीले जिल्लाको कमलामाई नगरपालिका ६ सिन्धुली बसपार्क, गोलन्जोर ७ खुर्कोट बजार र दुधौली नगरपालिका ४ डकाहा बजारमा यात्रु सहायता कक्ष समेत सञ्चालनमा ल्याएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.