च्याँख्ला बेचेर मनग्य आम्दानी

च्याँख्ला बेचेर मनग्य आम्दानी
सुन्नुहोस्

सिन्धुपाल्चोक : स्वास्थ्यका निम्ति लाभदायक मानिने मकैको च्याँख्ला बेचेर सिन्धुपाल्चोकका महिलाहरूले मनग्य आम्दानी गर्न थालेका छन्। बजारमा च्याँख्लाको माग बढेपछि चौतारा साँगाचोकगढी नगरपालिका-१२ का महिलाहरूलाई भ्याइ नभ्याइ हुन थालेको छ। 

महिलाकै सहभागितामा सञ्चालित कमलको फूल बहुउद्देश्यीय सहकारी संस्थाले मेसिन उपलब्ध गराएपछि उनीहरूले च्याँख्ला बनाउन सुरु गरेका हुन्। उनीहरूले सुकेको मकैलाई कुटेर च्याँख्ला र पिठो बनाउँदै प्याकिङ, ब्राण्डिङ र बिक्री वितरण गर्न थालेका छन्। 

एक केजी च्याँख्लाको १ सय रुपैयाँ पर्ने सहकारी अध्यक्ष सीता पौडेलले बताइन्। बजारमा च्याँख्लाको माग उच्च रहेको उनको भनाइ छ। मधुमेह रोगीका लागि मकैको च्याँख्ला अत्यन्त उपयोगी हुने भएकाले खपत बढेको उनको भनाइ छ। ‘च्याँख्ला र पिठो बनाउन गाउँकै किसानबाट मकै खरिद गर्दै आएका छौं। यसबाट उहाँहरू पनि खुसी हुनुभएको छ। गाउँलेको मकै पनि बिक्री भइरहेको छ। महिलाका लागि गाउँमै रोजगारीको अवसर सिर्जना भएको छ’, उनले भनिन्।

स्थानीय नेत्रकुमारी पौडेलले १ सय ५० रुपैयाँ पाथीमा मकै बिक्री हुने गरेको बताइन्। बिक्री नभएपछि गाईवस्तुलाई खुवाउँदै आएको मकैले राम्रो बजार मूल्य पाएपछि उनी दंग भएकी हुन्। सहकारीले साँगाचोक, सुकुटे, इर्खु, ठूलोसिरुबारी र कदमबासलगायत स्थानका किसानले उत्पादन गरेको मकै पनि खरिद गर्दै आएको छ। 

मकैको च्याँख्ला र पिठो बनाउने कार्यमा महिलाको मात्र सहभागिता रहेको छ। यसबाट उनीहरूको आयस्तरमा सुधार देखिन थालेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.