स्याङ्जामा पनि मनाइयो ६८औं प्रहरी दिवस
स्याङ्जा : ‘गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा’ भन्ने मूल नाराका साथ ६८औं प्रहरी दिवस मंगलबार स्याङ्जामा मनाइएको छ।
दिवसको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले सीमित स्रोत र साधनकाबीच पनि प्रहरीले आप्mनो जिम्मेवारी पुरा गर्दै आएको बताए। उनले भने, ‘प्रहरी मेरो साथी’, ‘मुस्कान सहितको सेवा’ जस्ता लक्ष्य भेटाउन प्रयासरत प्रहरीलाई सबैंको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिए। कार्यक्रममा प्रहरी उपरीक्षक संजयबहादुर राउत, प्रहरी नायव उपरीक्षक रवीन्द्र खनाल, प्रहरी निरीक्षक पहलसिंङ लामा, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतले प्रहरी नागरिक बीच सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा शान्ति सुरक्षा कायम राख्न सहयोग पु¥याउने समाजसेवी, सहिद परिवार र पूर्वप्रहरीलाई सम्मान गरिएको थियो। प्रहरी मातहत ब्याडमिन्टन र टेवलटेनिसमा विजेतालाई पुरस्कृत गरिएको छ। यसैगरी, कार्यालयमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको थियो।