फार्मेसी गएका राहुल सिंह फर्किएनन्

फार्मेसी गएका राहुल सिंह फर्किएनन्
सुन्नुहोस्

काठमाडौं : विरगन्ज १ छपैयाकी बबिता देवीका छोरा राहुल सिंह मृत फेला परेको डेढ महिना बढी भयो। तर हत्या आरोपी भने हालसम्म पक्राउ परेका छैनन्। 

घटनाको अनुसन्धान गर्नका लागि उनले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दरखास्त दिएकी छन्। घटना घटेको २ महिना पुग्न लाग्दा पनि बबितादेवीको जाहेरीको विषयमा अनुसन्धान अगाडी बढेको छैन। जाहेरी दर्ता गराउनकै लागि जयनाथ सिंह र बबितादेवी काठमाडौंसम्म आउनुपर्‍यो। 

जाहेरीदर्ता गराउन प्रहरी कार्यालय पुग्दा धेरैपटक फर्काइयो। राहुलका काका सरोज सिंह भन्छन्, 'प्रहरीले नै पैसा लिएर घटना मिलाउन दवाव दियो। काठमाडौं आएर हुलाकमार्फत जाहेरी दर्ता गराएका छौं। दर्ता माथिको अनुसन्धान अगाडि बढेको छैन। घरमा पनि स्थानीय कांग्रेसका नेता आएर पैसा लिएर घटना मिलाउन दवाव दिइरहेका छन्। कांग्रेसका स्थानीय नेता पटु चौधरी, रविन्द्र सिंह लगायतका व्यक्ति आएर पैसा लिएर जाहेरी फिर्ता लिन दबाब दिइरहेका छन्।' 

जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार विक्रम थापाले घटनाको अनुसन्धान भैरहेको बताए। उनी भन्छन्, 'खुल्ला सिमाना भएकाले आरोपीहरु सजीलै छिमेकी मुलुकमा भागेको हुनसक्छ। प्रक्राउ पुर्जी जारी छ ? भन्ने प्रश्नमा उनी भन्छन्, 'यो अनुसन्धानको प्रक्रिया भएकाले जानकारी दिन मिल्दैन।' 

झुक्याएर बर्थडे मनाउन बोलाए

विरगन्ज आर्दशनगरमा रहेको राहुल फार्मेसीमा अकाउन्टेनको पदमा कार्यरत थिए राहुल सिंह। २० वर्षीय सिंह एक वर्षदेखि सो फार्मेसीमा काम गर्दै आएका थिए। राहुलका बुवा जयनाथ सिंहका अनुसार गत साउनको ३१ गते राती संगै काम गर्ने विद्यादहीत चौधरीले राहुललाई बर्थ डे छ भन्दै घरमा बोलाएका थिए। बिहान खाना खाएर अफिस हिंडेका राहुल उतैाट पर्टेवा सुगौली ५ पर्सामा रहेको विद्यादहीतको घरमा गए। त्यहाँ जाँदा कुनै पनि बर्थडे कार्यक्रम थिएन। ५० वर्षीय विद्यादहीतले काम विना नै राती बोलाएको थाहा पाएपछि राहुल नजिकै रहेको आफ्नो मामाघरमा गएर बसे। बिहान ४ बजे नै विद्यादहीतले राहुलको ह्वाटसएपमा फोन गरेका थिए।

राहुलका काका सरोज सिंह भन्छन्, 'राहुललाई ८-९ पटक विद्यादहीतले फोन गरेको रहेछन्। १५ सेकेन्ड कुरा भएको कल रेर्कडमा देखिन्छ। उनीहरुले राहुललाई मार्ने नियतले नै बोलाएको देखिन्छ। साउन ३२ गते बिहान ४ बजेतिर मामाघरबाट हिंडेका राहुलको विद्यादहितको घर नपुग्दै बाटोमै टाउकोको पछाडि हथौडाले हानेर हत्या भएको थियो।' 

राहुल फार्मेसीका म्यानेजर राजीव कर्ण र विद्यादहीतले कर्तव्य गरी राहुलको हत्या गरेको परिवारको दावी छ। राहुललाई कुटपिट गरी मारेर देउरिया निचुटामा रहेको राजकुलोमा फालिदिएको उनका आफन्त बताउँछन्। राहुलकी आमा बबितादेवी सिंहका अनुसार राहुलको मृत शरीरमाथि विद्यादहीत चौधरीको मोटरसाइकलले थिचिएको अवस्थामा उनका छोरा भेटिएका थिए। उनी भन्छिन्, 'मेरो छोराले मोटरसाइकल चलाउन नै जाँन्दैनथ्यो। दुर्घटना देखाउन उनीहरुले मोटरसाइकल पल्टाएका हुन्।' 

जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमार विक्रमका अनुसार ना १८ प ४०२८ नम्बरको हिरोहोण्डा कम्पनीको युनिकोन मोटरसाइकलले थिचेको अवस्थामा मृतक राहुलको शव कुलोमा डुबिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

राहुलका काका सरोज सिंह भन्छन्, 'कहिल्यै मोटरसाइकल चलाउन नजान्ने राहुलको मोटरसाइकल दुर्घटना भएर मर्‍यो भन्न मिल्छ ? मोटरसाइकलले हान्ने व्यक्ति खै ? पछाडि टाउकोमा मात्रै गहिरो चोट किन छ ? अनि कुलोमा भेटिएको मोटरसाइकलको कुनै पनि पार्ट फुटेको छैन। दुर्घटनामा परेको मोटरसाइकल पनि बिग्रनु पर्ने हैन र ? अहिले सोही मोटरसाइकल प्रहरी कार्यालयमा छ , घटनाको केही दिनपछि उक्त मोटरसाइकल फुटाइएको छ। यो त हत्यालाई दुर्घटना देखाउन सरासर गरिएको योजना नै हो। प्रहरीले समेत यो घटनामा चासो देखाएन। पैसा लिएर केस मिलाउन दवाव दिएका छन्।'

पीडित परिवार प्रहरी कार्यालय पुग्दा पटक पटक दुव्यवहारमा परेको आफन्त बताउँछन्। मृतकको काका सरोज सिंह भन्छन्, 'हामीले केहि गर्न सक्दैनौं जहाँ जान्छस्, जा भन्दै धम्काउँछन्। प्रहरी कार्यालयमा निकै दुव्यवहार गर्छन्। हामीले हाम्रो एक मात्रै छोरा गुमाएका छौं। घटनाको गहन अनुसन्धान गरिदिनुस् भन्दा हामीमाथि नै हप्कीखप्की दिन्छन्।' 

प्रहरी कार्यालयमा दर्ता गराएको उजुरीमा फार्मेसीका म्यानेजर राजीव कर्ण र विद्यादहीत चौधरीले राहुललाई कुटपिट गरेको र हत्या गरेको आरोप छ। हत्या गरेर दुर्घटना भएको देखाउन मोटरसाइकलले थिचेको भन्ने परिवारको दावी छ। घटनापछि चौधरी र कर्ण फरार छन्। तर उनीहरुले राहुलका परिवारलाई फोन गरेर बेला बेला धम्काउँछन्। जाहेरी फिर्ता लिन पैसाको प्रलोभन दिने गरेका परिवारका सदस्य बताउँछन्।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.