बाघको छाला र लागुऔषधसहित तीनजना पक्राउ
कैलाली : धनगढी उपमहानगरपालिका-४ सहिद गेटस्थित जुमेरा होटलबाट बाघको छाला १ थान र अवैध लागुऔषध चरेश ६ किलो ७ सय ४० ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडी मेलौली नगरपालिका-३ बस्ने २४ वर्षीय करन चन्द,बाजुरा गौमुल गाउँपालिका-१ बस्ने २६ वर्षीय धन कृष्ण रोकाया र बुढिगंगा नगरपालिका-१० बस्ने ३० वर्षीय हेमराज जैशी रहेका छन् ।
विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय धनगढी,लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र वडा प्रहरी कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त होटलमा तलासी गर्ने क्रममा उनीहरूलाई उक्त छाला र लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !