वीरगन्जमा एकैदिन चार मोटरसाइकल चोरी गर्ने पक्राउ

वीरगन्जमा एकैदिन चार मोटरसाइकल चोरी गर्ने पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा एकै दिन चारवटा मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । वीरगन्जको विभिन्न स्थानबाट चारवटा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले रौतहटको कटहरिया नगरपालिका वडा नम्बर  ८ घर भई हाल वीरगन्ज महानगरपालिका  वडा नम्बर १६  बस्ने ३२ वर्षीय अजय गोसाईंलाई पक्राउ गरेको  हो ।

 गोसाईंले एक दिनमा चारवटा मोटरसाइकल चोरी गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

वीरगन्जमा दसैंमा  लागेको रात्री बजार घुम्न आएकाहरूको मोटरसाइकल गोसाईंको समूहले चोरी गरेको बोगटीले बताए । उनका अनुसार गोसाईंको समूहले ती मोटरसाइकल चोरी गरेर नारायणी अस्पतालको पार्किङमा लुकाएर राखेको थियो । ‘गोसाईंको समूहले एउटा मोटरसाइकल चोरी गर्ने, त्यसलाई लगेर नारायणी अस्पतालको पार्किङमा लुकाउने अनि फेरी आएर अर्को चोरी गर्ने गरेको थियो,’बोगटीले भने ।

प्रहरीले चोरी भएको प्रदेश – ०२ – ०२३ – ०२२ प ९२७२, ना. २६ प ५८५३, ना ६४ ३८०६ र ना. ५४ प ४७२४ मोटरसाइकल समेत बरामद गरेको छ ।

गोसाईंलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको र उनको समूहका अन्य सदस्यहरूको खोजी कार्य भइरहेको बोगटीले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.