गाँजासहित दुई जना पक्राउ
![गाँजासहित दुई जना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_k2YYqUppZs_7dScxLuc53.jpg)
उदयपुर : उदयपुरमा लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ स्थायी घर भई हाल उदयपुरको ताप्ली गाउँपालिका १ का ३२ वर्षीय गणेशबहादुर मगर र ३३ वर्षीय बिरबहादुर मगर रहेका छन् ।
प्रहरी सुतेको मौकाछोपी मध्यरातमा भारततर्फ लैजाँदै गरिएको ३८ केजी गाँजा कटारी नगरपालिका ६ देउलीकुनाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाले बताए ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले १९-१९ केजीका दुई वोरा गाँजा वरामद गरेको उनले बताए । पक्राउ परेका दुवैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)