तनहुँमा १० शय्याको अस्पताल
तनहुँ : जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीमा म्याग्दे गाउँपालिकाले १० शय्याको सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ।
उक्त पालिकाले छ करोड ५० लाख रुपैयाँको लागतमा साढे दुई तले भवन निर्माण गरेको हो। अस्पतालमा मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ। पालिकाका अनुसार निकट भविष्यमा अस्पतालबाट सेवा प्रवाह हुनेछ।
यसैबीच, जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ। म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माण गरिएको उक्त भवनको ८० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !