देवीघाटले उचाल्यो फुटबलको उपाधि

देवीघाटले उचाल्यो फुटबलको उपाधि

नुवाकोट :  फुटबल खेलको विकास र विस्तारका लागि नुवाकोटको पिपलटारमा सञ्चालित तेस्रो वडादसैं जिल्लास्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता सम्पन्न भएको छ। 

लामिबगैंचा सामाजिक युवा क्लबको आयोजनामा सञ्चालित सो प्रतियोगितामा देवीघाटले उपाधि जितेको छ। लामिबगैंचास्थित फुटबल मैदानमा सञ्चालित फाइनल खेलमा देवीघाट जालपा क्लब देवीघाटले कोलोनी युथ सर्कल कोलोनीलाई पराजित गरी उपाधि उचालेको हो। विजेता तथ उपविजेतालाई बागमती प्रदेशसभा सदस्य तथा कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले पुरस्कार प्रदान गरे।

देवीघाट जालपाले कोलोनीलाई शून्यका विरुद्ध दुई गोलले पराजित गरि ३७ किलोग्रामको खसीसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको हो। उपविजेता कोलोनी युथ सर्कलले पनि २८ किलोग्रामको खसीका साथ शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार थापेको छ। 

प्रतियोगितामा नुवाकोटका १० वटा फुटबल क्लबको सहभागिता रहेको आयोजक आयोजक लामिबगैंचा सामाजिक युवा क्लबका अध्यक्ष सुजन गजुरेलले जानकारी दिए। उनका अनुसार प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कार स्वरूप खसी उपहार प्रदान गरिएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.