लोमान्थाङका वडाध्यक्षको मोटरसाइकल तोडफोड

जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङ- ५ मा आइतबार राती वडाध्यक्ष ढुक्के बिष्टको सरकारी मोटरसाइकल अज्ञात समूहले तोडफोड गरिदिएको छ।
मोटरसाइकलको पेट्रोल ट्यांकीमा दुईवटा प्वाल पारिदिएको छन् भने मोटरसाइकलको सिट कभर समेत च्याँतेर क्षति बनाइएको छ । मोटरसाइकल क्षति गरेपछि वडाध्यक्ष बिष्टले इलाका प्रहरी कार्यालय लोमान्थाङमा लिखित उजुरी दर्ता गरेका छन् ।
यता ,जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक डीएसपी भोजराज पाण्डेले लोमान्थाङ-५ मा सरकारी मोटरसाइकलमाथि तोडफोडबाट क्षति पुगेको जानकारी दिए ।
उनका अनुसार लोमान्थाङमा घटना अघि लोमान्थाङ-५ का आमा समूह र जनप्रतिनिधिबीच लोमान्थाङको भित्री सडकको आन्तरिक विषयमा दुई पक्षीयबीच विवाद भएको र घटना पनि सोही विषयसँग जोडिएको हुनसक्ने बताए ।
इलाका प्रहरी कार्यालयको सीसी क्यामेराबाट तोडफोड गर्ने अज्ञात समुह पत्ता लगाउने कार्य र घटनाबारे अनुसन्धान भइरहेको उल्लेख गरे ।
घटनाअघि लोमान्थाङ आमा समूह र जनप्रतिनिधिबीच बाटोको विषयमा वार्ता भएपनि वार्ता सफल हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस !
