नेपाली सेनाले भक्तपुरमा मनायो महानवमी
![नेपाली सेनाले भक्तपुरमा मनायो महानवमी](https://annapurnapost.prixacdn.net/media/albums/nawami_08_HlrxNMkJpd_uF9KFyRhtL.jpg)
काठमाडौं : प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइएको छ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।
दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। नेपाली सेनाले पनि भक्तपुर दरवार स्क्वायरमा महानवमी मनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)