अर्घाखाँचीमा अत्याधुनिक सेवासहितको अस्पताल सञ्चालन

अर्घाखाँचीमा अत्याधुनिक सेवासहितको अस्पताल सञ्चालन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

अर्घाखाँची : विकट भनेर चिनिने अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-१ शान्ति बगैचाको मुनीपट्टि अत्याधुनिक सेवासहितको २४ बेडको छाँया हस्पिटल प्राली सञ्चालनमा आएपछि बिरामी लाभान्वित भएका छन्।

सन्धिखर्कमै अत्याधुनिक सेवासहितको अस्पताल सञ्चालनमा आएपछि बिरामी भएर उपचारका लागि बुटबल तथा अन्य स्थानका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ ।

सामान्य रोगका बिरामीको लागि पनि उपचारका लागि अर्घाखाँची बाहिर जानुपर्ने अवस्था भएपछि विकट मानिने अर्घाखाँचीमा हस्पिटल सञ्चालन गरिएको अस्पतालका फिजिसियन तथा मुटु रोग विशेषज्ञ डाक्टर प्रदिप जंग केसीले बताए । अर्घाखाँची जिल्लामा शल्यक्रियाको सुविधासहितको अस्पताल नभएका कारण आफूहरुले अस्पताल सञ्चालनमा ल्याएको केसीको भनाइ छ ।

अस्पतालमा  फिजिसियन सेवा, मुटु रोग सेवा , महिला तथा प्रसूति रोग सेवा, स्त्री रोग सेवा, हाड जोर्नी तथा नशा रोग सेवा  सहतिका सेवाहरु रहेका छन् ।
यस अस्पतालमा एपेन्टीसाइटिस, सिजल इसेक्सन,इक्युपिट लगायतका अप्रेसन यस अस्पतालमा गर्न सकिने कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर विजय भण्डारीको भनाइ छ ।  

सामान्य रोग लाग्दा पनि उपचारका लागि बुटबल,पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानमा जानुपर्ने समस्या रहेको जिल्लामा छाँया हस्पिटल प्रालीको सञ्चालन भएपछि  अर्घाखाँचीबासीहरु पनि खुशी भएका छन् ।जटिल प्रकारका सुत्केरीहरुको सफल शल्यक्रिया समेत गरिरहेको अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर नीता श्रेष्ठको भनाइ छ ।

बुटबलमा बसेर बिरामीको चेकजाँच तथा अप्रेसन गर्दै आएको आफू आफ्नै जिल्लामा गएर केही सेवा गर्नुपर्छ भन्ने मान्यताका साथ अस्पताल सञ्चालन गरेको अस्पतालका फिजिसियन तथा मुटु रोग विशेषज्ञ डाक्टर प्रदिपजंग केसीले जानकारी दिए।

सन्धिखर्कमै अत्याधुनिक सेवासहितको अस्पताल सञ्चालनमा आएपछि अर्घाखाँचीका मात्र हैन छिमेकी जिल्ला गुल्मी, प्युठानका मानिस पनि उपचारका लागि आउने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.