वडाध्यक्ष कुट्ने प्रहरीलाई कारबाहीको माग गर्दै वीरगन्जमा कांग्रेसको प्रदर्शन

वडाध्यक्ष कुट्ने प्रहरीलाई कारबाहीको माग गर्दै वीरगन्जमा कांग्रेसको प्रदर्शन
तस्बिर : क्रान्ति साह
सुन्नुहोस्

वीरगन्ज : नेपाली कांग्रेस पर्साले वडाध्यक्षलाई कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेको छ । वीरगन्ज महानगरपालिका - ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गर्ने इलाका प्रहरी कार्यालय नगवाका प्रहरी निरीक्षक रविन्द्र साह तुराहालाई कारबाहीको माग गर्दै कांग्रेसले शुक्रबार वीरगन्जमा प्रदर्शन गरेको हो।

प्रहरीको कुटपिटबाट वडा अध्यक्षको आँखामा गहिरो चोट लागेको छ। घण्टाघर चोकबाट नाराबाजी गर्दै जुलुस निकालेका कांग्रेसका नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र समेत बुझाएका छन् ।

कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाँउदै प्रहरी नायब निरीक्षक तुराहालाई ७ दिनभित्र कारबाही नगरिए कांग्रेस चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए। महर्जन कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

कुर्मीका अनुसार,कार्तिक ५ गते महाष्टमीका राति रेल्वेरोडस्थित हनुमान मन्दिरमा भइरहेको धार्मिक भजनकिर्तन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र वडाध्यक्ष महर्जनले धार्मिक कार्यमा बाधा नगर्न आग्रह गर्दा   प्रहरी नायब निरीक्षक तुराहाले वडाध्यक्ष महर्जनलाई कुटिपट गर्नुका साथै रातभर थुनामा राखेका थिए । 

प्रहरीले उनलाई कार्तिक ६ गते बिहान मात्र  छाडेको थियो ।कुटपिटबाट घाइते महर्जनको आँखामा गम्भीर चोट लागेकाले अहिले पनि उनको उपचार भइरहेको कुर्मीले बताए ।

धार्मिक कार्यक्रममा हस्तक्षेप गर्ने प्रहरी नायब निरीक्षक तुराहालाई त्यसो नगर्न आग्रह गर्दा उनले पुरानो रिसबी साँध्न वडाध्यक्ष महर्जनलाई अपमान गर्नुका साथै कुटपिट गरेर घाइते बनाएको र रातभर प्रहरी थुनामा समेत राखेकाले प्रनानि तुराहालाई ७ दिनभित्र कारबाही नगरिए जिल्लाभरका कांग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिने चेतावनी कार्यवाहक सभापति कुर्मीले दिए।

विरोध प्रदर्शन र जुलुसमा प्रदेशसभा सदस्य श्याम पटेल,कांग्रेस पर्साका उपसभापति अशोक गुप्त,जिल्ला  सचिवद्वय दिनेश चौधरी र इम्तियाज आलम,जिल्ला प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति महम्मद साहबुदिन र अनिल सिंह, पूर्व जिल्ला उपसभापति दिना गुप्ता र राजु गुप्ता,नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारी, नेविसंघ पर्साका सभापति रमेश यादव,पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महतो थारु लगायतको सहभागीता थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.