सुनसरीमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न रवि लामिछानेको माग

सुनसरीमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न रवि लामिछानेको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लामा पछिल्लो समय विकसित भएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न र आम नागरिकको जीउधनको रक्षा गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा भएको संवेदनशील र दुःखद घटनाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइते भएका नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

लामिछानेले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गरेका छन्। उनले अफवाह र उत्तेजनाबाट टाढा रही संयमता अपनाउन नागरिकलाई अपिल गरेका छन्।

रास्वपाले संवेदनशील परिस्थितिलाई सामान्य बनाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको जनाउँदै तत्काल शान्ति सुरक्षा कायम गर्न, नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ।

विज्ञप्तिमा पीडित पक्षलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचार उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरिएको छ। रास्वपाले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। साथै, घटनालाई राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सरोकारवालासँग आग्रह गर्दै पार्टीका स्थानीय समिति र कार्यकर्तालाई पनि शान्ति तथा सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.