धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषामा दुई मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा शनिबार पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ७९ प ४७५५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ज २ प ८३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो।

दुर्घटनामा बा ७९ प ४७५५ नम्बरको मोटरसाइकलका चालक मिथिला नगरपालिका–१ का २८ वर्षीय राकेश राउतको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका राउतको जनकपुरस्थित काव्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका अजितकुमार यादवको र ज २ प ८३०१ नम्बरको मोटरसाइकलमा सवार मिथिला नगरपालिका–६ ढल्केवरका ३८ वर्षीय अभय श्रेष्ठ, उनकी श्रीमती ३२ वर्षीया मन्दिर श्रेष्ठ र १० वर्षीय छोरा आर्यन श्रेष्ठ घाइते भएका छन्।

उनीहरूको ढल्केवरको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.