मकवानपुरमा क्रिकेटप्रति आर्कषण बढ्दै

मकवानपुरमा क्रिकेटप्रति आर्कषण बढ्दै
तस्बिर : अन्नपूर्ण

हेटौंडा : मकवानपुरमा पछिल्लो समय क्रिकेट खेलप्रति आर्कषण बढ्दै गरेको पाइएको छ  । गत वैशाखबाट सञ्चालनमा आएको मकवानपुर क्रिकेट एकेडेमीमा दैनिक रूपमा क्रिकेट सिक्न आउने खेलाडीको चाप बढ्दो रूपमा रहेको पाइएको हो । 

हेटौंडा–४ स्थित हुप्रचौरमा दैनिक रूपमा क्रिकेट खेल सिक्नकै लागि विद्यालयस्तरका सहित भरखरै क्याम्पस पढ्दै गरेका करिब २५-३० जना प्रशिक्षार्थीहरू आउने गरेको एकेडेमीका प्रशिक्षक तक्षक सिम्खडाले बताए । उनले भने,'नेपाली खेलकुद जगतमा क्रिकेट खेलको त्यति लामो इतिहास छैन।'

 यद्यपि पछिल्लो समय अन्तराष्ट्रिय प्रतियोगिताहरूमा नेपालले गरेको प्रदर्शनीले स्थानीय स्तरमा समेत खेलप्रति आर्कषण बढेको महशुस भएको छ । विद्यालय स्तरदेखि क्याम्पस पढदै गरेका विद्यार्थीहरू क्रिकेट खेलबारे सिक्न आउने क्रम बढ्दो रूपमा रहेको छ । 

एकेडेमीमा क्रिकेट सिक्न आउने नयाँ खेलाडीका लागि ३ हजार रुपैयाँ भर्ना शुल्क र मासिक शुल्क १५ सय मात्र राखेर सिकाइ रहेको उनले बताए ।  उमेरले २७ वर्ष लागेका एकेडेमीका प्रशिक्षक सिम्खडा आफैं पनि स्वम क्रिकेट खेलाडी हुन् । 

विद्यालयस्तरबाटै क्रिकेट खेल्न सुरु गरेका उनले स्थानीय र क्षेत्रीय स्तरका प्रतियोगितासहित ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता,प्रदेशस्तरीय,राष्ट्रपति कप, प्रधानमन्त्री कप लगायतका विभिन्न प्रतियोगितामा सहभागी भएका थिए । 

अहिले सिम्खडा आफूले क्रिकेट खेलमा जानेको ज्ञान र सिपलाई प्रयोग गर्दे एकेडेमीमार्फत् नयाँ खेलाडी उत्पादन गर्नमा व्यस्त छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.